२० श्रावण २०८३, बुधबार
,
Latest
पर्साबाट फरार प्रतिवादी पक्राउ सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता विराटनगरमा सबैभन्दा बढी वर्षा केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त आर्थिक रुपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक, राष्ट्र बैंकलाई समस्या समाधान गर्ने नियामक बन्न अर्थमन्त्रीको आग्रह धनुषा रेडक्रसको बडहरी केन्द्र बेवारिसेः एम्बुलेन्स र उपकरण थन्किए, राहत सामग्री गोदाममै कुहिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार



अ+ अ-

जनकपुरधाम। नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण वडामा स्वास्थ्य सेवा विस्तार गरेको छ ।

नगरवासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले नगर क्षेत्रका २६ वटै वडामा स्वास्थ्य संस्था विस्तार गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख विजय साहका अनुसार पछिल्लोपटक उपमहानगरपालिकाको १२, १४ र १६ नम्बर वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गरिएकोे छ ।

नगरका सबै वडामा स्वास्थ्य सेवा पुर्याउने नीतिअनुरुप तीनवटा सहरी स्वास्थ्य केन्द्र विस्तारसँगै नगर क्षेत्रको २५ वटै वडामा स्वास्थ्य संस्था पुगेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडामध्ये वडा नं १ देखि वडा नं ११ सम्म आधारभूत स्वास्थ्य केन्द्र र वडा नं १३, १५, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा स्वास्थ्य केन्द्र सञ्चालन छ । ती सबै स्वास्थ्य संस्थाबाट सरकारले तोकेका औषधिहरू निःशुल्क वितरण भइरहेको प्रमुख साहले बताउनुभयो ।

यसबाहेक स्वास्थ्य संस्थाबाट विभिन्न किसिमका खोप सेवा, पोषण स्वास्थ्य सेवालगायत स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ ।

स्वास्थ्य उपचारको आभावमा नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ नगर क्षेत्रको सहरी तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना र त्यसमा जनशिक्तसँगै औषधिको व्यवस्थापन गर्दै आएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो । रासस