२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीबाट पाँच सय घरपरिवार समस्यामा



अ+ अ-

पोखरा । गत रातिदेखिको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका ५०० भन्दा बढी घरपरिवार समस्यामा परेका छन् । बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म लगातारको मुसलधारे पानीका कारण खोला उर्लिएपछि रातको समयमा नै सुरक्षित स्थानततर्फ जान स्थानीयवासी बाध्य भएको स्थानीयवासी दानबहादुर विकले जानकारी दिनुभयो ।

बाढीले नयाँबस्ती, डुढेको फाँट, घाटीछिना, ठूलाखेत, बाम्दी, चनौटेसहित पोखरा २४ को कार्कीको तहरालगायत स्थानमा क्षति पुर्याएको बताउँदै उहाँले लगभग १०० घर उच्च जोखिममा रहेको छ भन्नुभयो । फेवातालको सिरमा रहेको सो खोलामा आएको बाढीका कारण स्थानीय बासिन्दा रातभर जाग्राम बसेका र खोलाको कटानले फाँटमा लगाएको सयौँ रोपनी जग्गाको धानबालीसमेत बगाएको दानबहादुरले जानकारी दिनुभयो ।

पोखरा २३ का वडाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाका अनुसार बाढीले भौतिक संरचनामा ठूलै क्षति पुर्याए पनि मानवीय क्षति भने भएको छैन । खोला बढेसँगै बस्ती कटान नियन्त्रणका लागि भरिएका तारजाली बगाएको र पानी पर्ने क्रम निरन्तर भएमा ठूलै क्षति हुने खतरा देखिएको उहाँले जानकारी दिनुभयो । हर्पन खोलाका साथै ठाउँठाउँबाट आएका खहरे खोलाले पामे पोखरा सडक मार्ग अवरुद्ध भएपछि जेसिभी लगाएर बाटो खुलाउने प्रयास गरिएको वडाध्यक्ष तिमिल्सिनाको भनाइ थियो । यसअघि २०७२ सालमा आएको बाढीका कारण उक्त क्षेत्रमा ठूलै क्षति पु¥याएको थियो । बाढीले पोखरा २४ मा टङ्कबहादुर खड्काले सञ्चालन गरेको समाज सुधार कृषि फार्ममा १२५ वटा कुखुरा मर्नाका साथै पामे बजारका तीन घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डुबानमा पर्नेमा पोखरा २४ का पूर्णप्रसाद तिमिल्सिना, दुर्गा तिमिल्सिना र सन्तोष हमालको घरमा पानी पसेको छ । नेपालको चेरापुँजीको नामले परिचित पोखरालगायत आसपासको क्षेत्रमा वर्षात्को समयमा पानी नपरी खेत बाँझै रहेका अवस्थामा अहिले अत्यधिक मात्रामा पानी पर्दा स्थानीयवसासी त्रस्त छन् ।