२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने विरुद्ध फेरि मुद्दा, आखिर कसले हाले मुद्दा



अ+ अ-

कञ्चनपुर । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध फेरी मुद्धा परेको छ । अदालतको मानहानी गरेको आरोप लगाउँदै उच्च अदालत दिपायलमा दिलिप सिंह बिष्टका दाजु खडक बिष्टले सोमवार पुनरावेदन गरेका छन।

बिष्टले जिल्ला अदालत कञ्चनपुरमा दायर गरेको मुद्दा खारेज भएपछि अदालतको अबहेलना अभियोगमा सजाय गर्न माग गर्दै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा पुनरावेदन दर्ता गराएका हुन्। अदालतमा विचारधीन मुद्दामा रवि लामिछाने र अंगुर जिसीले सार्वजनिक बहस गरी यो मुद्दालाई अन्तै मोडन खोजेर अदालतको अपहेलना गरेकाले हदै सम्मको कारवाहीको मागसहित पुनरावेदन गरिएको छ।

भदौ १६ गते जिल्ला अदालत कञ्चनपुरमा बिष्टले दिएको अदालतको अपहेलनासम्बन्धी निवेदन माथि न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले खारेज गर्ने आदेश दिएको थियो।

अदालतमा विचाराधीन मुद्दाका बारेमा सार्वजनिक कार्यक्रममा बोलेर अदालतको अपहेलना गरेकाले उच्च अदालतमा पुनरावेदन गरिएको बिष्टले बताए।