२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित भएकै कारण जिउँदै जलाइयो युवकलाई, कांग्रेसद्धारा दुख प्रकट



अ+ अ-

लखनऊ । अंतरजातीय प्रेम गरेको भन्दै उत्तरप्रदेशको हरदोइमा एक युवकलाई जलाएर मारिएको छ। मृतकका परिवारका अनुसार युवकको मृत्युको पीडा सहन नसकेर उनकी आमाको पनि मृत्यु भयो। प्रहरीको आधारमा यो घटना शनिबार हरदोई जिल्लाको भदेसामा भएको हो।

एसपी आलोक प्रियदर्शीका अनुसार, ‘अभिषेक उर्फ मोनूलाई कुटियो। एउटा घरमा बन्धक बनाएर राखियो र जलाइयो।’ एसपी आलोकले युवक कराएको सुनेर घटनास्थलमा पुगेका स्थानीयले युवकलाई स्थानीय हस्पिटल लिएर गए। त्यहाँबाट उनलाई लखनऊ रिफर गरियो। तर हस्पिटल नपुगी बाटैमा उनको मृत्यु भयो।

उनको मृत्युको खबर सुनेर उनकी आमाको पनि मृत्यु भएको परिवारका एक सदस्यले बताए। एसपीका अनुसार स्थानीयले मोनूको एक केटीसँग प्रेम सम्बन्ध भएको र ऊ प्रमिकालाई भेट्न गएको बताएका थिए।

मृतम मोनूका काका भन्छन्, ‘मोनू आफ्नी बिरामी आमा रामबेटीको उपचारको लागि २५ हजार लिएर आइरहेको थियो। परिवारसँग दुस्मनी भएका केही मानिसले उसलाई रोके। एउटा घरमा लिएर गए। उनीहरूले मोनूसँग पैसा खोसेर मोनूलाई जलाइदिए।’

एसपीले ५ जना विरुद्ध उजुरी दर्ता गरिएको जानकारी दिए। त्यसमा केटीको परिवारका २ जना २ छिमेकी र १ अन्य छन्।

यो घटनाको बारेमा बोल्दै भारतीका कांग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले उत्तर प्रदेशका योगी आदित्यनाथ सरकारलाई राजनीतिक उद्देश्यको लागि सामाजिक मुद्दामा प्रहार गर्ने आरोप लगाएका छन्। उनले ट्विट गर्दै भनेका छन् , ‘बिजेपी राजमा थप एक दलितलाई जिउँदै जलाइयो। अमानवीय र लज्जास्पद। उत्तर प्रदेशमा राजनीतिक उपलब्धि हासिल गर्न सामाजिक मुद्दामाथि प्रहार गरिँदै छ। राजनीतिक रोटी सेक्ने सत्तापक्ष चुप छ। उत्तर प्रदेशमा न महिला सुरक्षित छन् न पिछडिएका वर्ग र दलितहरु नै…’