१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

अफगानिस्तानकाे चुनावी र्‍यालीमा विस्फोट, २४ को मृत्यु, राष्ट्रपति घानी मुश्किलले बाँचे

अफगानिस्तानकाे चुनावी र्‍यालीमा विस्फोट, २४ को मृत्यु, राष्ट्रपति घानी मुश्किलले बाँचे
अ अ+ अ-

काबुलः उत्तरी अफगानिस्तानमा राष्ट्रपति असरफ घानीका निम्ति भएको एउटा चुनावी र्‍यालीमा भएको विस्फोटनमा परेर कम्तीमा २४ जना मारिएका छन्। उक्त घटनामा कम्तीमा ३१ जना घाइते भएका छन्। राष्ट्रपति घानी भने सकुशल छन् ।

अफगान राष्ट्रपति घानी ।

बिबिसीका अनुसार पर्वान प्रान्तमा भएको उक्त विस्फोटनमा घाइते भएका दर्जनौँ मानिसहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

केही खबरहरूमा जनाइएअनुसार एउटा बम सुरक्षाकर्मीले प्रयोग गर्ने गाडीमा जोडिएको थियो र राष्ट्रपति घानीले सम्बोधन गरिरहेको मञ्च परिसरमा विस्फोट भएको थियो।

त्यसै समयमा राजधानी काबुलस्थित रक्षा मन्त्रालयको भवन नजिकै पनि अर्को विस्फोटन भएको अधिकारीहरूले पुष्टि गरेका छन्। सो घटनामा कम्तीमा ३ जना मारिएका छन्।

यसै महिनाको अन्त्यमा अफगानिस्तानमा राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ।

को जिम्मेवार?

दुवै विस्फोटको जिम्मा तालिबान विद्राेही समूहले लिएकाे छ । एपीका अनुसार तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दुबै घटनामा तालिबानका अात्मघातीहरू सहभागी रहेकाे बताएका छन् ।

तालिबान विद्रोही समूह र अमेरिकाबीच जारी शान्ति वार्ता अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले एकतर्फी रूपमा भंग गरेकाे घाेषणा गरेपछि हिंसात्मक घटना अरू बढेका छन् । यद्यपी वार्ता जारी रहेकै समयमा पनि तालिबानले विस्फाेटका कार्यहरू जारी राखेकाे थियाे ।

तालिबानले सेप्टेम्बर २८ मा हुन लागेको राष्ट्रपतिय निर्वाचनलाई विथोल्ने धम्की दिएको छ।

हिंसाको चक्र

यसबीच बीबीसीले गरेको अनुसन्धानमा गत अगस्ट महिनाभरमा अफगानिस्तानमा दैनिक औसत ७४ जना महिला, पुरुष तथा बालबालिका मारिएका छन्।

अफगानिस्तानमा बितेका १८ वर्षदेखि जारी युद्धपश्चात् अमेरिकी सेना फिर्ता हुने तयारी विथोलिएको छ। यिनै घटनाक्रमका माझ हिंसाको चक्र भने निरन्तर चलिरहेको छ।

अगस्ट महिनामा मात्र हिंसाका ६११ घटना भएका र त्यसका कारण २३०७ जना मारिएको बीबीसीले थाहा पाएको छ।

तालिबान तथा अफगान सरकारले बीबीसीले दिएको आँकडामाथि प्रश्न उठाएका छन्।

मारिनेमध्ये अधिकांश मानिस लडाकू रहेका छन्- अपेक्षा गरिएभन्दा धेरै सङ्ख्यामा तालिबान लडाकू मारिएको पाइएको छ। तर कुल मारिनेमध्ये पाँच भागको एक भाग गैरसैनिक छन्।

थप १९४८ घाइते भएका छन्।