१६ असार २०८३, मंगलवार
,
Latest
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगका खेलहरू आज राति हुँदै, बार्सिलाेना डर्टमुन्डसँग भिड्ने



अ+ अ-

युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिताका रुपमा लिइने युरोपेली च्याम्पियन्स लिगका छनौट खेलहरु आज राति युरोपका विभिन्न देशहरुमा हुँदैछन् । युरोपका महारथी टिमको सहभागिता रहने यी खेलहरु सबै फुटबल खेलप्रेमीका लागि चासोका रुपमा रहने गरेका छन् ।

सन् २०१८ काे युराेपेली च्याम्पियन इङ्लिस क्लब लिभरपुल ट्रफीका साथ ।


स्पेनी लिग लिडर बार्सिलोनाको भिडन्त जर्मन क्लब डर्टमुन्डसँग उसैको घरेलु मैदानमा हुँदैछ । यो खेल मध्यरात १२ः ४५ बजे हुनेछ ।

मंगलबार राति १२.४५ बजे हुने अन्य खेलहरु निम्न बमोजिम हुनेछन् ः
१. लिभरपुल र नापोली
२. साल्जबर्ग र गेन्क
३. बेन्फिका र लाइपजिग
४. चेल्सी र भ्यालेन्सिया
५. आयाक्स र लोक्स

यसैगरी आजै राति १०ः४० मा इन्टरमिलान र स्लाभिया प्राहा तथा लियोन र जेनिटबीच खेल हुनेछ ।

बुधबार राति पनि आठ वटा खेलहरु हुँदैछन् । ती खेलहरु निम्न बमोजिम हुनेछन्ः
१. क्लब ब्रुग र गालातासारे
२. ओलम्पियाकोस र टोटेनह्याम
३. पेरिस र रियल म्याड्रिड
४. बायर्न र कार्भेना भेज्दा
५. डायनामो र एटलान्टा
६. साख्तार र म्यान्चेस्टर सिटी
७. लिभरकुसन र लोकोमोटिभ मस्कोभा
८. एटलेटिको र युभेन्टस