१९ श्रावण २०८३, मंगलवार
,
Latest
गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकस्मिक बाढीको आज मध्यम जोखिम



अ+ अ-

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले आज देशका ३० जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकका खोलामा पानीको बहाव बढने अनुमान छ ।

त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी तथा आसपासका जिल्ला भएर बहने स–साना नदीमा पनि पानीको बहाव बढ्ने सम्भावनाछ ।

महाशाखाले ती क्षेत्रका नदी तटीय तथा होचा भूभागका बासिन्दालाई सतर्क रहन, मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले स्थानीय तह तथा सम्बन्धित निकायलाई नदीको अवस्थाको निरन्तर निगरानी बढाउन, समुदायलाई समयमै सूचना प्रवाह गर्न तथा आवश्यक पूर्वतयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ ।