१९ श्रावण २०८३, मंगलवार
,
Latest
युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै



अ+ अ-

काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो)हरूसँग छलफल गर्ने भएका छन्।

अर्थ मन्त्रालयका अनुसार बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, वित्तीय क्षेत्रको वर्तमान अवस्था तथा अर्थतन्त्रलाई चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्न सक्ने भूमिकाबारे छलफल गर्न सिइयोहरूलाई मन्त्रालयमा बोलाइएको हो।

दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने उक्त छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहनेछ।

छलफलमा निजी क्षेत्रको लगानी विस्तार, कर्जा प्रवाह, वित्तीय बजारमा देखिएका चुनौती तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा समेत विचार–विमर्श हुने जनाइएको छ। सरकारले बजेटमा घोषणा गरेका आर्थिक सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैंकिङ क्षेत्रसँग समन्वय र सहकार्यलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।




भर्खरै