१९ श्रावण २०८३, मंगलवार
,
Latest
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार बाक्लो कुहिरोका कारण टर्कीको बोस्फोरस जलमार्गमा जहाज आवतजावत बन्द पोखरामा एलपी ग्यासको आपूर्तिमा समस्या,सिलिण्डर बोकेर लाइनमा सर्वसाधारण गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा हर्मोज जलसन्धीमा सुरक्षित ढुवानीका लागि इरान र ओमानबीच अस्थायी मार्गबारे छलफल इरानसँगको वार्ता जारी छ, यो अन्तिम मौका होः अमेरिकी राष्ट्रपति ट्रम्प म्याग्दीमा खोलाले बगाएर एक जना बेपत्ता भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै ढल्यो ४०० वर्ष पुरानो भनिएको जुम्लाको देवदारको रुख राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ



अ+ अ-

नेपालगन्ज। प्रहरीले बाँकेमा नगद रु पाँच लाखसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा सोमबार दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले ५२६ दशमलव २९० ग्राम लागुऔषधसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशील भण्डारीका साथबाट १३६ ग्राम ८५० मिलिग्राम लागुऔषध फेला परेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१० का ५५ वर्षीय अजयकुमार जयशवालका साथबाट ३८९ ग्राम ४५ मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुका साथबाट भारतीय रुपैयाँ दुई लाख एक हजार ४०० रकम र रु एक लाख ८० हजारसहित रु पाँच लाख दुई हजार २४० बरामद भएको छ । प्रहरीले उनीहरुबाट एक थान डिजिटल तराजु र दुई थान मोबाइलसमेत बरामद भएको जनाएको छ ।

उनीहरुमाथि लागुऔषध कारोबारमा मुद्दा चलाई मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरिने प्रहरी नायब उपरीक्षक राठौरको भनाइ छ । पछिल्लो समय दिनहुँजसो नेपालगन्जमा लागुऔषध कारोबारी धमाधम पक्राउ परेका छन् ।  रासस