१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

काठमाडौंँ, भोजपुर र महोत्तरी खुला दिसामुक्त

काठमाडौंँ, भोजपुर र महोत्तरी खुला दिसामुक्त
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्लालाई बल्ल खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । मङ्गलबार यहाँ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेशसभा सदस्य नारायण सिलवालले काठमाडौँ जिल्ला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गरेका हुन् ।

भदौ २४ गते काठमाडौँ महानगरलाई ‘खुला दिसामुक्त महानगर’ घोषणा गरिएको थियो । खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिको प्रतिवेदनअनुसार काठमाडौँ जिल्लामा दुई लाख ९२ हजार ४५२ घर छन् र ती सबै घरमा चर्पी छन् । काठमाडौँलाई सन् २०१७ अगाडि नै खुला दिसामुक्त जिल्लाका रूपमा घोषणा गर्ने कार्यक्रम रहेको भए पनि काम सफल हुनसकेको थिएन ।

प्रदेशसभा सदस्य सिलवालले खानेपानी र सरसफाइलाई सभ्यतासँग जोडेर एकीकृत र समन्वयात्मक कार्यक्रम सञ्चालन गरेर पूर्ण सरसफाइतिर लाग्नुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख एवं खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले चर्पी बनाएर मात्र पूर्ण सरसफाइ नहुने बताउँदै उनले स्थानीय तहबाट पूर्ण सरसफाइमा लाग्नुपर्नेमा जोड दिए ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले पूर्ण सरसफाइका लागि चर्पी भएर मात्र पुग्दैन, चर्पीसँगै यसको प्रयोग, सार्वजनिक शौचालय निर्माणलगायतका क्षेत्रमा सक्रियतापूर्वक काम हुनुपर्ने बताए । जिल्लास्तरीय समन्वय समितिका सदस्य सचिव हरिदत्त पौडेलले यस अभियानका क्रममा ५५ हजार ५०० चर्पी बनाउन उपभोक्ताको रु २७ करोड ८० लाख र सरकारको रु छ करोड ६५ लाख बराबर खर्च भएको जानकारी दिए । काठमाडौँ उपत्यकामा भक्तपुरलाई विसं २०७० कात्तिकमा र ललितपुरलाई २०७५ जेठमा खुला दिसामुक्त घोषणा गरिएको थियो । नेपालको पहिलो खुला दिसामुक्त जिल्ला भने कास्की हो ।

कास्कीलाई विसं २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको हो । भोजपुर भोजपुर नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त घोषणा गरिएको छ । नगरक्षेत्रका सम्पूर्ण घरमा सेफ्टीट्याङ्कीसहितको शौचालय निर्माण भएसँगै नगरलाई मङ्गलबार खुला दिसामुक्त घोषणा गरिएको हो । जिल्लाका अन्य आठ स्थानीय तह यसअघि नै खुला दिसामुक्त घोषणा गरिएका भए पनि मुख्य बजार रहेको नगरपालिकाको वडा नं ७ मा शौचालय निर्माणमा ढिलाइ हुँदा खुला दिसामुक्त घोषणा गर्न समस्या हुँदै आएको थियो ।

वडावासीले शौचालय निर्माण गरेपछि वडासँगै नगरपालिकालाई जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले खुला दिसामुक्त घोषणा गरेका हुन् । महोत्तरीः जिल्लाले सरसफाइका क्षेत्रमा एउटा फड्को मारेको छ । जिल्ला नै खुला दिसामुक्त घोषणा गरिएपछि समस्त जिल्लावासीका लागि यो सामाजिक र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण उपलब्धि बनेको हो । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मङ्गलबार जलेश्वरमा जिल्ला खुला दिसामुक्त बनेको घोषणा गरेका हुन् ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको विशेष समारोहमा मुख्यमन्त्री राउतले अब महोत्तरीको परिचयमा एउटा खास उपलब्धि जोडिएको बताए । सरसफाइ व्यक्तिको मात्र नभई सामाजिक पहिचान र संस्कृतिसँगै जोडिने कुरा भएकाले यो परिचय कहिल्यै निभ्न नदिन जिल्लाका प्रत्येक नागरिकको दायित्व भएको राउतले औँल्याए ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तह खुला दिसामुक्त बनेपछि मङ्गलबार सो घोषणा गरिएको हो । जिल्लामा पछिल्ला १० वर्षयता जिल्ला समन्वय समिति (हालको) र स्थानीय तहबीच समन्वय गरेर जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रत्येक स्थानीय तहका घर–घरमा शौचालय निर्माणको अभियान सञ्चालन गर्दै आएको थियो ।