१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

७ हजार सवारी चालक कारवाहीमा, अधिकांशमा युवावर्ग

७ हजार सवारी चालक कारवाहीमा, अधिकांशमा युवावर्ग
अ अ+ अ-

चुरियामाई । ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दुई वर्षको अवधिमा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने करीब सात हजारलाई कारवाही गरेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा सुरक्षा जाँच गर्ने क्रममा चालक अनुमतिपत्रबिना नै सवारी चलाउने छ हजार ६७७ लाई कारवाही गरिएको हो ।

सवारी चालक अनुमतिपत्र नपाएकाले सवारी चलाउनु ट्राफिक नियमविपरीत मात्र नभई बढ्दो सवारी दुर्घटना भएकाले उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने चार हजार नौलाई कारवाही गरिएको थियो । उक्त कारवाहीबाट रु २३ लाख ६८ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

त्यसैगरी आव २०७५/७६ मा दुई हजार ५२८ ले सवारी चालक अनुमतिपत्रबिना नै सवारी चलाएको ट्राफिक कार्यालय हेटौँडाले जनाएको छ । उक्त कारवाहीबाट रु १८ लाख ४१ हजार जरिवाना उठाइएको जनाइएको छ । त्यस्तै चालू आवको २०७६/७७ का दुई महीनाको अवधिमा प्रहरीले १४० लाई सवारी चालक अनुमतिपत्रबिना सवारी चलाएको भन्दै कारवाही गरेको जनाइएको छ । उक्त कारवाही गर्दा रु एक लाख ४० हजार राजश्व सङ्कलन भइसकेको ट्राफिकले जनाएको छ ।

ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हरिविष्णु ढकालले पछिल्लो समय डरलाग्दो गतिमा सवारी दुर्घटना बढेको हुँदा सवारी चलाउन परिपक्व भएकाले मात्रै चलाऊन् भन्ने हेतुले सवारी चालक अनुमतिपत्र थप अनिवार्य गर्न जरिवाना रकम पनि बढेको जानकारी दिए । उनले गत वर्षसम्म प्रकृति हेरेर रु ५०० देखि रु एक हजारसम्म जरिवाना गरिएको भए पनि चालू आवदेखि सवारी चालक अनुमतिपत्र नहुनेलाई रु एक हजार जरिवानाको व्यवस्था गरिएको बताए ।

पछिल्लो समय सवारी चालक अनुमतिपत्र नभएका तथा उमेर नै नपुगेका युवाले अत्यधिक तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको उनको भनाइ छ । जसले गर्दा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो छ । गत वर्ष मात्रै जिल्लामा ५३ को दुर्घटनामा परेर मृत्यु भएको जनाइएको छ । त्यसमा अधिकांश मोटरसाइकल दुर्घटनामा परेका ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सोह्रदेखि २५ वर्ष समूहका युवाले अत्यधिक मात्रामा सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना हुने गरेको प्रहरी निरीक्षक ढकालले बताए । उनले गत वर्ष दूर्घटनामा संलग्न सवारीमध्ये सबैभन्दा धेरै ६९ मोटरसाइकल रहेका छन् । त्यसमा अधिकांश १६ देखि २५ वर्षका सवारी चालक अनुमतिपत्र नभएका युवा रहेका उनको भनाइ छ ।