२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चयकर्तालाई सहुलियतमा घर



अ+ अ-

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरुलाइ सहुलियतमा घर उपलब्ध गराउने कार्यक्रम अगाडी सारेको छ । तर घरको मूल्य भने सञ्चयकर्ताले तिर्नुपर्ने छ।

सुरक्षित जीवनका लागि अवकास योजना अन्तर्गत सो कार्यक्रम सुरू गर्न लागिएको सञ्चय कोषका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद गौतमले जानकारी दिए।

गौतमका अनुसार सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरू जो सञ्चयकोषमा सञ्चयकर्ता रहेका छन् । उनीहरूले यस्तो सुविधा पाउने छन्।

यसमा सञ्चय कोषले जग्गा खरिद गरेर त्यसमा हाउजिङ वा सामूहिक आवासको संरचना बनाई आवासको लागतमा बढीमा १० प्रतिशत जोडेर सञ्चयकर्तालाई कोषले उपलब्ध गराउने छ।

कोषले परीक्षणको रूपमा चितवनमा रहेको जग्गामा हाउजिङ बनाउने काम पनि सुरू गरेको र चितवनका लागि घरको डिजाइनको काम सकिएको हो ।

यो कार्यक्रमका लागि जग्गा खरिद कठिन भएको तै पनि विस्तारै सबैतिर विस्तार गर्दै जाने उनको भनाइ छ।हाल कोषमा ६ लाख संचयकर्ता रहेका छन्। जसमा १ लाख ६० हजारजति निजी क्षेत्रमा कार्यरत रहेका छन्।