२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः महिला खुलातर्फ १३६४ मतगणना हुँदा कसले कति मत ल्याए ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महिला खुलातर्फ केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म १३६४ मत गनिएको छ । जसमा ८२५ मत ल्याउँदै डा. डिला संग्रौला अग्रस्थानमा छिन् । उनी शेरबहादुर देउवा निकट हुन् । सोही समूहबाट दोस्रो स्थानमा रहेकी पुष्पा भुषालले ८०२ मत प्राप्त गरेकी छिन् ।
 
महिला खुलातर्फ ७२८ मत ल्याउँदै आरजु राणा देउवा तेस्रो स्थानमा छिन् । ६५८ मतसहित अम्बिका बस्नेत चौथो, ६४० मतसहित ईश्वरी न्यौपाने पाँचौ तथा ६२४ मतसहित सरिता प्रसाईं छैटौं स्थानमा छिन् ।
 
सातौं स्थानमा ५२९ मतका साथ रमा कोइराला, ५१९ मतमका साथ आठौं स्थानमा सुशीला ढकाल र ५१३ मतसहित अनिता देवकोटा नवौं स्थानमा छिन् । 

खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।