१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्पोष्ट मल थप गुणस्तरीय बनाएर बिक्री



अ+ अ-

काठमाडौँ । असहाय गाईबाच्छा संरक्षणका लागि सहयोग जुटाउन गाईको गोबर र गहुँतबाट बनेको कम्पोष्ट मल थप गुणस्तरीय बनाएर वितरण सुरु भएको छ ।

नयाँ प्रविधिसहित गुणस्तर वृद्धि गरिएको कम्पोष्ट मल पुन : वितरण प्रारम्भ गरिएको असहाय गाईबाच्छा संरक्षण अभियानले जनाएको छ । अभियानले पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा उपलब्ध गराएको करिब १०० रोपनी जग्गामा करिब २०० असहाय गाईबाच्छा संरक्षण गर्दै आएको छ ।

तिनै गाईबाच्छाको मलमूत्र उपयोग गरी कम्पोष्ट मल बनाइएको हो । शतप्रतिशत गाईबाच्छाको गोबरबाट गोमूत्रलाई प्रयोग गरी अर्गानिक माध्यमबाट कुहाउँदै कम्पोष्ट मल तयार पारिएको अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिनुभयो । कम्पोष्ट मल बिक्रीबाट आउने सबै रकम असहाय गाईबाच्छाको संरक्षणमा प्रयोग गरिने पनि उहाँले बताउनुभयो ।
 
यसअघि विभिन्न व्यक्तिले मल उपलब्ध गराउन आग्रह गर्दागर्दै मलको गुणस्तर वृद्धिका लागि केही समय लागेकाले आजैदेखि फेरि मल वितरणको व्यवस्था मिलाइएको अभियानले जनाएको छ । गुणस्तर वृद्धिका लागि केही समय सेवा उपलब्ध गराउन नसकिएकोमा अभियानले माफी मागेको छ । मलको गुणस्तर राम्रो र मूल्य चलनचल्तीको बजार भाउभन्दा झण्डै आधा कम रहेको छ ।  

गाईबाच्छा संरक्षणस्थलमै मल लिन गए प्रतिकेजी रु १५ मूल्य तोकिएको छ । घरसम्म लगिदिने व्यवस्थाका लागि प्रतिकेजी रु २० मूल्य कायम गरिएको छ । घरमै मल मगाउन कम्तीमा २५ केजीको माग हुनुपर्ने जनाइएको छ । कम्पोष्ट मल माग गरेको लामो समयसम्म पनि पाउन नसकिएको गुनासो ग्राहकले गरेका छन् ।

अभियानले भने आजदेखि मागको १२ घण्टाभित्रमा मल घरमै लैजाने गरी व्यवस्था मिलाइएको जानकारी गराएको छ । रासस