१६ श्रावण २०८३, शनिबार
,
Latest
धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’ एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव र्‍याली झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद झाँक्री प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयोः राधेश्याम अधिकारी ‘केही नेपाल ऐन संशोधन’मार्फत कानून बदल्ने अभ्यास गलतः काँग्रेस सांसद खाती
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ



अ+ अ-

काठमाडौँ। सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगञ्ज महानगरपालिका–११ रानीघाटबाट पक्राउ गरिएको हो । उनीहरूले नगरक्षेत्र मा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए ।

प्रहरीले साम्प्रदायिक सद्भाव बिग्रने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारबाही हुने चेतावनी पनि दिएको छ ।

यसैबीच, उक्त कार्यालयले बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार बालबालिकालाई हडताल, बन्द, धर्ना वा जुलुसमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्थाको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ । रासस