१६ श्रावण २०८३, शनिबार
,
Latest
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण ‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’ मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा



अ+ अ-

काठमाडौँ। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष आज पूरा भएको छ ।

यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले दुई देशबीचको परम्परागत मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राजदूत चाङले जारी गर्नुभएको शुभकामना सन्देशमा चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा विगत ७१ वर्षदेखि दुवै मुलुकबीच दिगो मित्रता, पारस्परिक सम्मान र आपसी लाभमा आधारित सहकार्य निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरिएको छ ।

सन्देशमा उहाँले नेपालसँगको परम्परागत मित्रतालाई निरन्तर अघि बढाउँदै विकास र समृद्धिका लागि चिरस्थायी मित्रतामा आधारित रणनीतिक साझेदारीलाई थप उचाइमा पु¥याउन तथा त्यसबाट दुवै देशका जनतालाई अझ बढी लाभ पु¥याउन नेपालसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ ।

सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुवै मुलुकबीच राजनीतिक, आर्थिक, पूर्वाधार, व्यापार, शिक्षा, संस्कृति तथा जनस्तरीय सम्बन्धलगायत विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ । रासस