१६ श्रावण २०८३, शनिबार
,
Latest
काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण ‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’ मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु



अ+ अ-

किएभ। रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको भीषण आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

किएभका मेयर भिताली क्लिट्स्कोका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा पाँचतले आवासीय भवनमा क्षति पुगेको छ । भवनभित्र केही व्यक्ति फसेको आशङ्का गरिएको छ भने आँगनमा आगलागी भएको छ ।

शेभचेन्किभ्स्की जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फसेका छन् । राजधानीको डार्नित्स्की जिल्लासहित अन्य क्षेत्रमा गोदाम भवनमा आगलागी भएको क्लिट्स्कोले बताउनुभएको छ ।

दुई दिनअघि रुसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । सोही क्रममा एउटा रुसी मिसाइल पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेको थियो ।

यसैबीच, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको मिसाइल आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको छ ।

शुक्रबार अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको कुराकानीमा उहाँले यसै साता वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेट सकारात्मक र फलदायी रहेको बताउनुभएको थियो ।

“रुसी हवाई आक्रमण निरन्तर भइरहेका छन् । विशेष गरी ब्यालिस्टिक मिसाइल रोक्न ‘प्याट्रियट’ प्रणालीका लागि इन्टरसेप्टर प्राप्त गर्नु हाम्रो उच्च प्राथमिकता हो,” जेलेन्स्कीले टेलिग्राममार्फत बताउनुभएको छ ।

गत जुलाईमा अङ्कारामा सम्पन्न नेटो शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले युक्रेनलाई थप ‘प्याट्रियट’ प्रणाली उपलब्ध गराउने सङ्केत दिनुभएको थियो । तर शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्रिपरिषद् बैठकमा उहाँले यसबारे अन्तिम निर्णय भइनसकेको बताउनुभएको छ ।