१६ श्रावण २०८३, शनिबार
,
Latest
काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण ‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’ मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित



अ+ अ-

काठमाडौँ। चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला सीमा नाका सञ्चालन भएसँगै सीमावर्ती क्षेत्रका स्थानीय व्यापार तथा दैनिक उपभोग्य सामग्री खरिदका लागि सिजाङ आवतजावत गर्न थालेका छन् ।

वर्षौंदेखि सीमापार व्यापारमा निर्भर स्थानीयले यार्सागुम्बा, वन लसुनलगायत जडीबुटी तिब्बततर्फ बिक्री गर्ने तथा त्यहाँबाट खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य सामग्री नेपाल ल्याउने गरेका छन् ।

नाका खुलेसँगै व्यापारिक गतिविधि केही बढेको जसबाट स्थानीय हर्षित भएका चुमनुब्रीका व्यापारी पासाङ लामाले बताए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सीमावर्ती भेगका बासिन्दाको सहज आवागमनका निम्ति जिल्ला प्रशासन कार्यालयले सक्रिय रूपमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । प्रवेशपत्र जारी तथा परिचयपत्र नवीकरण इलाका प्रशासन कार्यालयबाट समेत हुँदै आएको छ ।

सीमा प्रशासनका प्रक्रिया सरल तुल्याउनेदेखि प्रशासकीय सहयोगसम्मका कामलाई प्राथमिकताका साथ सम्पादन गरिएको जानकारी दिँदै उले गत आर्थिक वर्षमा १९७ नयाँ प्रवेश पास जारी तथा ४०४ वटा त्यस्ता पास नवीकरण गरिएको बताए । सीमा क्षेत्रमा बस्ती पातलो भएकाले व्यापारिक गतिविधि पनि कम हुने गरेको छ ।