२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्रीको राजीनामा माग्दै गण्डकी मेडिकल कलेज विद्यार्थी आन्दोलित



अ+ अ-

काठमाडौं । शिक्षामन्त्री गिरीराजमणी पोखरेलको राजीनामा माग्दै गण्डकी मेडिकल कलेज विद्यार्थी सडकमा उत्रेका छन् । मन्त्रालयले दिएको निर्देशन निजी मेडिकल कलेजहरुले नमानेपछि उनीहरु राजिनामा मागेका हुन् ।

मन्त्रीपरिषदले एमविविएस पढ्न विद्यार्थीहरुलाई उपत्यका बाहिर ४३ लाख ४५ हजार र काठमाडौ उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ। त्यस्तै नर्सिङ पढ्न ७ लाख ४८ हजार तोकेको छ।

तर निजी मेडिकल कलेजहरुले सरकारले तोके भन्दा बढी शुल्क लिन्छन्। भर्ना हुने बेलामा विद्यार्थीलाई चेपुवामा पारेर उनीहरुले एमविविएस पढ्न थप १२ लाख र नर्सिङ पढ्न थप चार लाख सम्म रकम उठाउँछन्।

आइओएमले मन्त्रीपरिषदले तोकेको शिक्षण शुल्क बाहेक निजी मेडिकल कलेजहरुले परिक्षा शुल्क २५,०० रुपैयाँ र रजिस्ट्रसन शुल्क पाँच सय रुपैयाँ मात्र लिन पाउने सार्वजनिक सुचना नै जारी गरेको छ। त्यस्तै विद्यार्थी होस्टलमा भर्ना भए खाना र बसेको शुल्क मात्र कलेजले लिन पाउछ। कलेजहरुले लिएका अन्य सबै शुल्क अवैधानिक हुन्।