१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले बनाए ओबामासँग काम गरेका ब्रायनलाई सुरक्षा सल्लाहकार



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट ओ ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् । ट्रम्पले विदेश विभागको प्रतिनिधिको रुपमा काम गर्दै आएका ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका पनि छन् ।

ब्रायनसँग अघिल्ला राष्ट्रपतिहरु जर्ज डब्लु बुश र बराक ओबामासँग पनि काम गरेको अनुभव छ ।जोन बोल्टनले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट गत हप्तामा मात्र राजीनामा दिएका थिए । तर ट्रम्पले राजीनामा दिन भनेकाले नै उनले पद त्यागेको पनि बताइएको छ । यद्यपि बोल्टनले भने यसबारे केही खोलेका छैनन् ।

ब्रायनअघि माइकल फ्लिन, एच आर म्याकमास्टर र जोन बोल्टन पनि राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा ट्रम्पसँग काम गरिसकेका छन् ।