१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने



अ+ अ-

बागमती। बागमती प्रदेशको राजधानी तथा मकवानपुुर जिल्लाको सदरमुुकाम हेटौँडामा शनिबार बृहत सद्भाव र्‍याली आयोजना गरिने भएको छ ।

सुनसरी, सिरहासहित तराई-मधेसका जिल्लामा भएका घटना र त्यसपश्चात् भइरहेका प्रदर्शनका कारण प्रतिकूल अवस्था सिर्जना हुन नदिन र सम्पूर्ण समुदायबीच आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न हेटौँडामा बृहत सामाजिक सद्भाव र्‍याली गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले शनिबार हुने सद्भाव र्‍यालीमा सहभागिताका लागि सबैलाई आह्वान गर्नुभयो ।

शनिबार दिउँसो ४ः०० बजे हेटौँडा उपमहानगरपालिका-४ हुप्राचौरमा जम्मा भई बृहत सामाजिक सद्भाव र्‍याली गर्न लागिएको जनाउँदै उहाँले सहभागिताका लागि सबैलाई अपिल गर्नुभयो ।

सम्पूर्ण धार्मिक सङ्घसंस्थाका अगुवा तथा प्रतिनिधि, विभिन्न धर्मसंस्कृतिमा आस्था राख्ने धर्मावलम्बीहरू, जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधिहरू, विभिन्न हितसमूहहरू, अधिकारकर्मीहरू, आमसञ्चारकर्मी, टोल विकास संस्था, गैरसरकारी संस्था, नागरिक समाज, सुरक्षा निकाय, सरकारी निकायका कर्मचारीलगायत आमजनसमुदायको सहभागितामा र्‍यालीलाई सफल बनाउन पनि प्रशासनले सबैमा अनुरोध गरेको छ । रासस