१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने



अ+ अ-

चितवन। भरतपुर महानगरपालिकाले जिल्लामा आज सद्भाव र्‍यालीको आयोजना गरेको छ ।

भरतपुरको चौबीसकोठीबाट पुलचोकसम्म आयोजना गरिएको सद्भाव र्‍यालीपछि जिल्ला समन्वय समिति चिवनका प्रमुख नारायणप्रसाद अधिकारीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुभाषिक विविधताबीच एकतामा बाधिएको मुलुकका रूपमा रहेका बताउनुभयो ।

पछिल्लो समय सुनसरी, सिरहालगायत देशका विभिन्न जिल्लामा देखिएका घटनाप्रति चिन्ता व्यक्त गर्दै उहाँले समाजमा आपसी विश्वास, सहिष्णुता र सामाजिक एकतालाई थप मजबुत बनाउन सबैलाई आग्रह गर्नुभयो ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले शान्ति, सद्भाव र एकताका लागि शान्तिपूर्ण ऐक्यबद्धता र सहकार्य आवश्यक रहेको बताउनुभयो । नेपाल विविधताले सम्पन्न बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र भएकाले यही विविधता राष्ट्रिय एकताको आधारका रूपमा रहेको बताउनुभयो ।

र्‍यालीमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक तथा सामाजिक सङ्घसंस्थाका अगुवा, नागरिक समाज, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता थियो । रासस