२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रमा केयर सेन्टर सञ्चालनमा



अ+ अ-

विराटनगर । जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रालिले बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको छ ।

प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बुधबार यहाँ आयोजित कार्यक्रममा सेन्टर सेवाको औपचारिक सुरुवात गर्नुभयो ।

विराटनगर–९ स्थित रु पाँच करोडको लागतमा सञ्चालन भएको सो सेन्टर १५ श्ययाको छ । निजी क्षेत्रबाट सञ्चालित सो सेन्टरमा सघन उपचार कक्ष, एन सघन उपचार कक्ष पिआइसीयु, भन्टिलेटरलगायतका अन्य ल्याब सम्बन्धीसेवा उपलब्ध गराएको सञ्चालक जयप्रकाश रायले बताउनुभयो ।

सेन्टरले उच्चरक्तचाप, डाइबिटिजका बिरामीलाई दैनिक निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सकसहित ३० जना कर्मचारी कार्यरत रहेका छन् । असहाय, गरीबीका रेखामुनी रहेका बिरामीलाई सम्बन्धित निकायको सिफारिशमा सम्पूर्ण उपचारलगायत औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको सञ्चालक रायले जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री घिमिरेले विराटनगरलाई ‘स्वास्थ्य पर्यटन केन्द्र बनाउनमा यसले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

आगामी १५ दिनसम्म सेन्टरका सम्पूर्ण उपचार सेवामा बिरामीलाई ५० प्रतिशत छुट उपलव्ध गराएको छ ।