१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौध लाख बढीका भन्सार छलीका सामान बरामद



अ+ अ-

झापा। जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका तथा निकासी गर्न लागिएका करिब रु १४ लाख ५० हजार बराबरका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट सञ्चालित नियमित सुरक्षा निगरानी, गस्ती तथा विशेष जाँच अभियानका क्रममा साउन १ गतेदेखि १४ गतेसम्ममा रु १४ लाख ५२ हजार ७८० बराबरका अवैध रूपमा भन्सारबाट भित्र्याइएका चोरीनिकासीका सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बरामद गरिएका कपडासहित विभिन्न अवैध सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रहरीले सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रणका लागि जिल्लाभर सुरक्षा गस्ती र जाँचलाई थप कडाइ गरिएको जनाएको छ । रासस