१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको मुद्दाले गठबन्धन जोखिममा पर्नु हुदैन: डा भट्टराई



file photo
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताउनुभएको छ । सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुष ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताउनुभएको हो ।

देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बिचमा सहमती जुटाएर मात्रै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । सत्ता गठबन्धन भत्काएर नयाँ ढंगको प्रतिगमन आउने खतरा रहेको उहाँले औँलयाउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले ध्यान पु¥याउन सकेनौँ भने, यो वा ऊ बाहानामा हामीले तन्काउन थाल्यौँ भने सानो सानो एउटा समस्याले पनि एउटा ठुलो विस्फोटक रुप लिएर यो हाम्रो गठबन्धनलाई जसरी भत्काउने प्रयत्न भित्र बाहिरबाट भइरहेको छ, त्यो भत्कने र फेरी नयाँ ढंगले प्रतिगमन अगाडी आउने खतरा छ । टड्कारो रुपमा छ यो अनुमान मात्रै होइन । खासगरी कतिपय मुद्धाहरु, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्धाहरु अगाडी छन् । अहिले भर्खरै बढी चर्चामा आएको एमसीसीको जुन एउटा मुद्धा छ । यस्ता मुद्धामा हामीले राष्ट्रिय सहमती, कमसेकम गठबन्धनका घटकहरुका बिचमा एउटा सहमती जुटाएर हामी अगाडी बढ्न सकेनौँ भने यही बाहानामा भित्री र बाहिरी शक्तिहरुले खेलेर गठबन्धन तोडिदिने अनि त्यसपछि फेरी अर्को ढंगले प्रतिगमन अगाडी आउने खतरा छ । यतापट्टी हामी सबैको ध्यान आकृष्ट होस् ।’

अध्यक्ष डा. भट्टराईले प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्नका लागि आगामी निर्वाचनसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने बताउनुभयो । प्रतिगमनकारीलाई टाउको उठाउनै दिनु नहुने उहाँको तर्क छ । गठबन्धनका दलहरुबिच आपसी प्रतिस्पर्धा पनि गर्दै प्रतिगमनका विरुद्ध एकढिक्का हुनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो – ‘गठबन्धनलाई हामीले बचाउनै पर्छ । जबसम्म यो प्रतिगमनकारी शक्तिलाई निस्तोज पार्न सकिदैन, कमसेकम आगामी निर्वाचनसम्म यो गठबन्धनलाई बचाएर लानैपर्छ । यो प्रतिगमनकारीहरुको टाउको नै हामीले किच्न नसकेसम्म यिनलाई फेरी टाउको उठाउन दिन नसक्ने अवस्थामा नपु-याएसम्म हामी चुप लागेर बस्नु हुँदैन ।  त्यसपछि बहुदलीय लोकतन्त्र हो आपसी प्रतिस्पर्धा त भई नै हाल्छ । आफ्नो अलग अलग अस्तित्व छदैछनन् । त्यो प्रतिस्पर्धा पनि गरौँ । तर प्रतिगमनकारी शक्तिहरुकाविरुद्ध एक ढिक्का हौँ । त्यसपछिको अवस्थामा ज–जसको बिचार मिल्छ । त्यो बिचार मिल्ने अग्रगामी शक्तिहरुले एउटा नयाँ विकल्प निर्माण गरेर जानपनि सक्छ ।’

उहाँले प्राप्त राजनीतिक उपलब्धीहरुको रक्षा गर्दै लोकतन्त्रलाई अझ समृद्ध गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो । उपलब्धीहरु अपूर्ण रहेको उल्लेख गर्दै उहाँले पूर्णता दिदैँ जानुपर्ने पनि बताउनुभयो ।