१४ श्रावण २०८३, बिहीबार
,
Latest
गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो



अ+ अ-

काठमाडाैँ । रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नम्बर ६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट तीन जना बाल श्रमिकको उद्धार गरिएको छ। श्रम तथा व्यवसायजन्य विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको संयुक्त अनुगमनका क्रममा राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टमा बालश्रम प्रयोग भइरहेको भेटिएको हो।

जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका र सिविन नेपाल बालहेल्पलाईन १०९८ को संयुक्त टोलीले उक्त स्थानमा निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा राजु रेस्टुरेन्टमा एक जना र सुशान्त रेस्टुरेन्टमा दुई जना बालक श्रमिकका रूपमा कार्यरत रहेको फेला परेको थियो । उद्धार गरिएका ती बालकहरूलाई तत्काल संरक्षणका लागि सिविन नेपालको आपतकालिन बासगृहमा पठाइएको थियो।

बालश्रम प्रयोग गरेको कसुरमा टोलीले दुवै रेस्टुरेन्टलाई प्रति रेस्टुरेन्ट ५०,००० रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ। यसका साथै, श्रम ऐन अनुसार उनीहरूले काम गरेको अवधिको आधारमा बाँकी पारिश्रमिक र क्षतिपूर्ति बापतको रकम भुक्तानी समेत गराइएको छ। राजु रेस्टुरेन्टमा कार्यरत बालकका लागि ३ लाख ,८४हजार ,३४९ र सुशान्त रेस्टुरेन्टमा कार्यरत दुई बालकका लागि क्रमशः १ लाख ८७ हजार ४८६ र ४१ हजार ५३६ क्षतिपुर्ति बापतको रकम भुक्तानी गराइएको छ ।

रेस्टुरेन्ट सञ्चालकहरूलाई अब उप्रान्त बालश्रम प्रयोग नगर्न चेतावनी दिइएको छ। उद्धार गरिएका बालकहरूलाई आवश्यक प्रक्रिया पुरा गरी हाल निजका आफन्तको जिम्मा लगाइसकिएको छ।




भर्खरै