१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने- शिक्षामन्त्री पौडेल (भिडियो सहित)



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनु भएको छ । 

सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनु भएको हो । उहाँले दिक्षित विद्यार्थीहरुले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा योगदान पु¥याउनु पर्ने बताउनु भयो । मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको पनि बताउनु भयो । उहाँले अनुसन्धानात्मक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस आफूले गरेको बताउँदै त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने शिक्षा नेपालमै प्रदान गरेर उच्च शिक्षा अध्ययनको व्यवस्था स्वदेशमै मिलाउनु पर्ने बताउनु भयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘त्रिविका विभिन्न समस्या पहचिान गरी समाधान गर्न, गम्भीर प्रयत्न गर्नुपर्ने आवश्यक्ता मैले महशुस गरेको छु र त्रिविका शिक्षक र कर्मचारीका प्रतिनिधिहरुसँग भेटघाट तथा पदाधिकारीहरुसँग भएको छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नती विकास र सहयोगका लागि नेपाल सरकारको तर्फबाट सहकुलपतिको हैसियतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि यहाँहरु समक्ष प्रश्तुत गर्न चाहन्छु । दिक्षित हुने विद्यार्थीहरुले आफूसँग भएको ज्ञानलाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा योगदान पु¥याउनु पर्छ । सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । विश्वविद्यालयमा कुनै निश्चित समयमा हासिल गरिएको ज्ञान,सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी छ । पछिल्लो समयमा नेपालमा ठूला राजनीतिक परिवर्तनको फलस्वरुप जनतामा सामाजिक, साँस्कृतिक र राजनीतिक चेतनाको विकास हुँदै गइरहेको छ । अनुसन्धानात्मक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस गरेको छु । गुणस्तरीय शिक्षाका लागि विषयगत सक्षम शिक्षक र लगनशील एवं अनुशासित, मेहेनती विद्यार्थीहरुको आवश्यक्ता रहेको छ । पछिल्लो समय नेपाली विद्यार्थीहरु विदेशमा उच्च शिक्षाका लागि जानेहरुको लर्को लागेको छ, त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने खालको शिक्षा स्वदेशमै दिन सक्नुपर्छ ।’

मन्त्री पौैडेलले विश्वविद्यालयबाट विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धतासमेत जनाउनु भयो । उहाँले विदेशीन बाध्य भएका विद्यार्थीहरुलाई स्वदेशमा नै उच्चस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्वदायी भुमिका त्रिभूवन विश्वविद्यालयले निर्वाह गर्नुपर्ने बताउनु भयो ।