काठमाडौँ। इराकमा सक्रिय इरान समर्थित लडाकु समूहहरूलाई लक्षित गर्दै अमेरिकी र साउदी अरबका सेनाले प्रिसिजन (सटिक) हवाई आक्रमण गरेका छन् ।
अमेरिकी सेन्ट्रल कमान्डले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उक्त सैन्य कारबाही सम्पन्न भएको हो ।
अमेरिकी सेना र साउदी अरबका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी श्रृंखलावद्ध रूपमा ड्रोन आक्रमणहरू भएपछि जवाफी कारबाही स्वरूप यो कदम चालिएको कमान्डले जनाएको छ ।
क्षेत्रीय सुरक्षा र आफ्ना रणनीतिक स्वार्थमाथि खतरा बढेको उल्लेख गर्दै दुवै देशका सेनाले विद्रोहीका ठेगानाहरूमा तीब्र प्रहार गरेका हुन् ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल











