१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा काठमाडौंमा तीन दिने विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रशिक्षण हुने भएको छ।

प्रतिष्ठानको श्रावण १० र ११ गते बसेको छैटौँ बैठकले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक विशेष प्रशिक्षण आयोजना गर्ने निर्णय गरेअनुसार यही श्रावण १५, १६ र १७ गते प्रशिक्षण सञ्चालन हुन लागेको हो।

प्रशिक्षणमा इच्छुकमध्ये छनोट भएका ४० जना युवा पहिलो चरणमा सहभागी हुनेछन्। सहभागीलाई विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानका साथै प्राविधिक सीप र व्यवहारिक अभ्याससमेत गराइने प्रतिष्ठानले जनाएको छ।

प्राकृतिक विपद्को क्षेत्रमा लामो समयदेखि स्वदेश तथा विदेशमा कार्यरत विषय विज्ञहरूले प्रशिक्षणमा प्रशिक्षकका रूपमा सहजीकरण गर्नेछन्।

प्रशिक्षणमार्फत विपद्का समयमा सचेतना अभिवृद्धिदेखि प्रतिकार्यसम्म प्रभावकारी रूपमा काम गर्न सक्ने दक्ष युवाशक्ति निर्माण हुने नेपाली कांग्रेसको विश्वास छ। आगामी दिनमा ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ को अवधारणाअनुसार कार्यक्रम अघि बढाउने योजना प्रतिष्ठानले बनाएको छ।

प्रतिष्ठानका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रशिक्षणबाट विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय र दक्ष स्वयंसेवक तयार गर्न सहयोग पुग्ने बताउनुभएको छ।




भर्खरै