१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप खेल्न जाने टोलीको बिदाइ



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरेको छ । 

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द एवं क्यानका पदाधिकारीले टोलीलाई सफलताको शुभमामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो । नेपाली टोली आज राति १० बजे युएईतर्फ प्रस्थान गर्नेछ । 

यही पुस ८ देखि १६ गतेसम्म सञ्चालन हुने यु–१९ एसिया कप क्रिकेटमा आयोजक युएइसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, कुवेत, भारत, अफगानिस्तान र पाकिस्तान गरी आठ राष्ट्र सहभागी छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । त्यसमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । त्यस्तै समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले आफनो पहिलो खेल यही पुस ८ गते बङ्गलादेशसँग खेल्नेछ भने दोस्रो खेल पुस ११ गते श्रीलङ्कासँग खेल्नेछ । त्यसैगरी नेपालले समूह चरणको अन्तिम खेल पुस १३ गते कुवेतसँग खेल्नेछ । दुवै समूहबाट शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

नेपाली टोलीमा देव खनाल ९कप्तान०, शेर मल्ल उपकप्तान, दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी छन् । प्रशिक्षकमा भने वसन्त शाही ठकुरी हुनुहुन्छ ।