११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित



अ+ अ-

काठमाडौँ।  स्पेन पछिल्लो केही वर्षयताकै सबैभन्दा विनाशकारी डढेलोको संकटबाट गुज्रिरहेको छ ।

म्याड्रिड र छिमेकी प्रान्त एभिलाका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण दशौँ हजार मानिसहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् भने ठूलो संख्यामा नागरिकहरूलाई घरभित्रै रहन निर्देशन दिइएको छ । डढेलोले देशका हजारौँ हेक्टर वन क्षेत्र खरानी बनाएपछि स्पेन सरकारले राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।

मध्य स्पेनका धेरै भागहरूमा डढेलो नियन्त्रण बाहिर रहेको अधिकारीहरूले जनाएका छन् । रातको समयमा तापक्रममा केही गिरावट आएपनि तिब्र हावा र न्युन आद्र्रताका कारण अग्नि नियन्त्रणको प्रयासमा चुनौती थपिएको छ । म्याड्रिडकी क्षेत्रीय अध्यक्ष इसाबेल डियाज आयुसोले यस घटनालाई ‘यस क्षेत्रको इतिहासकै सबैभन्दा भयावह डढेलो’ को रूपमा चित्रण गरेकी छिन् ।

पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार म्याड्रिड, एभिला र टोलेडोका केही भागहरूबाट करिव ९१ हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ वा घरभित्रै बस्न भनिएको छ ।

म्याड्रिड र एभिलाका छिमेकी प्रान्तहरूमा मात्रै डढेलोले करिव ४५ हजार हेक्टर जमिनमा क्षति पु¥याएको छ । प्रभावित क्षेत्रमा उद्धार र आगो निभाउने कार्य जारी रहे पनि प्रतिकूल मौसमका कारण स्थिति अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल