काठमाडौं । सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्रसहितको डिजाइन तयार पारेको छ।
उक्त डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृति लिएर कार्यान्वयनमा लैजाने तयारी गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद्ले यसअघि राष्ट्र बैंकले पठाएको मुस्ताङको घार गुम्बा अंकित सिक्काको डिजाइनलाई फिर्ता गरिदिएको थियो ।











