७ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ



अ+ अ-

काठमाडौं । बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ का मृगेन्द्रनाथ रिमाल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौं महानगरपालिका–७, सिफलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका रिमाललाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ । उनी दीपक भट्टसँग जोडिएको बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा प्रतिवादी रहेका छन् ।

उक्त मुद्दामा २८ जेठमा काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको थियो । अभियोगपत्र दायर गर्दा रिमाल फरार रहेकाले उनलाई फरार प्रतिवादी कायम गरी मुद्दा अघि बढाइएको थियो ।