७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई विद्यार्थीले गरे सहयोग



अ+ अ-

धनुषा । विद्यार्थी कल्याणकारी सङ्घ, पोखरा बहुमुखी क्याम्पस एकाइ समितिले पोखरा महानगरपालिका–२१ स्थित बक्रेक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ ।

कान्तिपुर टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजको प्रायोजन एवं लोटस युनिफर्म र बन्धु अफसेटको सह प्रायोजनमा विद्यालयमा अध्ययनरत ३५ विद्यार्थीलाई झोलासहित एक/एक दर्जन कपी, कलम तथा स्वेटर वितरण गरिएको हो ।

पछिल्ला वर्षमा सामुदायिक विद्यालयतर्फ विद्यार्थी तथा अभिभावकको आकर्षण कम हुँदै गएको अवस्थालाई दृष्टिगत गर्दै ती विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि होस् भन्ने उद्देश्यका साथ अत्यावश्यकीय शैक्षिक सामग्री वितरण गरिएको सङ्घका अध्यक्ष कृष्णप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण कम हुँदा राज्यको लगानीसमेत खेर गइरहेको सङ्घका सचिव रविन पौडेलले बताउनुभयो । विद्यार्थीलाई सामान्य शैक्षिक सामग्रीको सहयोगले मात्रै पनि विद्यालय जाऔँ जाऔँ भन्ने वातावरण सिर्जना हुने बताउँदै उहाँले विश्वव्यापीरूपमा बढिरहेको शैक्षिक गुणस्तरलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो ।