१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

विद्यार्थीलाई विद्यार्थीले गरे सहयोग

विद्यार्थीलाई विद्यार्थीले गरे सहयोग
अ अ+ अ-

धनुषा । विद्यार्थी कल्याणकारी सङ्घ, पोखरा बहुमुखी क्याम्पस एकाइ समितिले पोखरा महानगरपालिका–२१ स्थित बक्रेक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ ।

कान्तिपुर टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजको प्रायोजन एवं लोटस युनिफर्म र बन्धु अफसेटको सह प्रायोजनमा विद्यालयमा अध्ययनरत ३५ विद्यार्थीलाई झोलासहित एक/एक दर्जन कपी, कलम तथा स्वेटर वितरण गरिएको हो ।

पछिल्ला वर्षमा सामुदायिक विद्यालयतर्फ विद्यार्थी तथा अभिभावकको आकर्षण कम हुँदै गएको अवस्थालाई दृष्टिगत गर्दै ती विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि होस् भन्ने उद्देश्यका साथ अत्यावश्यकीय शैक्षिक सामग्री वितरण गरिएको सङ्घका अध्यक्ष कृष्णप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण कम हुँदा राज्यको लगानीसमेत खेर गइरहेको सङ्घका सचिव रविन पौडेलले बताउनुभयो । विद्यार्थीलाई सामान्य शैक्षिक सामग्रीको सहयोगले मात्रै पनि विद्यालय जाऔँ जाऔँ भन्ने वातावरण सिर्जना हुने बताउँदै उहाँले विश्वव्यापीरूपमा बढिरहेको शैक्षिक गुणस्तरलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो ।