१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

स्याउले बजार पाएन, किसानहरु चिन्तित

स्याउले बजार पाएन, किसानहरु चिन्तित
अ अ+ अ-

रुकुमपूर्व । रुकुमपूर्वको हिमाली क्षेत्रमा प्रशस्त मात्रामा स्याउ उत्पादन हुन्छ । पुथा उत्तरगङ्गावासीका अधिकांश घरमा र भूमे गाउँपालिकाको केही क्षेत्रमा स्याउका बोट छन् । बोटमा लटरम्म स्याउ फलेका छन् ।

स्याउ किसानलाई बोटबाट स्याउ टिप्ने चटारो छ । तर, यतिबेला किसान निकै चिन्तित देखिन्छन् । उनीहरुलाई चिन्ता छ, फलेको यो स्याउलाई अब के गर्ने रु जिल्लाको सदरमुकाम रहेको सिस्ने गाउँपालिका रुकुमकोटमा प्रतिकिलो स्याउको मूल्य रु २०० पर्छ । तर पुथा उत्तरगङ्गा गाउँपालिकामा उत्पादन भएको स्याउको मूल्य भने २०/३० रुपैयाँ पर्ने गरेको छ । उत्पादन प्रशस्त मात्रामा हुने तर उत्पादनले बजार नपाउँदा किसान मर्कामा परेका हुन् । सडक पुगेको कतिपय ठाउँमा वर्षातका कारण अवरुद्ध सडक सुचारु भएको छैन भने अधिकांश ठाउँमा सडक सुविधा पुगेकै छैन ।

यातायातको सुविधा नहुँदा उत्पादित स्याउ ढुवानी हुन नसकेको स्थानीयवासीले बताएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका, पेल्माका स्याउ किसान वासु बुढामगरको घरमा एक हजार स्याउका बोट छन् । ती बोटले चार वर्षदेखि फल दिन थालेको उहाँ बताउनुहुन्छ । उहाँले लगाएका स्याउका प्रतिबोटले तीन सयदेखि पाँच सयसम्म स्याउका दाना लगाउने गरेका छन् । “स्याउ बगैँचामा पुग्दा परिश्रमको फल हेरी निकै आनन्द महसुस गर्छु तर परिश्रम खेर जाने चिन्ताले निकै सताउने गरेको छ”, उहाँले भन्नुभयो, “गाउँमा सडक पुगेको छैन, ढुवानी हुँदैन, घरमा कोही किन्न आयो भने महँगो पैसा तिर्दैनन्, प्रतिकेजी रु २०÷३० मा बेच्ने गरेको छु ।” घरमा फलेको थुप्रो स्याउ दुई तीन किलो बेचेर नसकिने भएकाले गाईभैँसी तथा भेडाबाख्रालाई खुवाउने गरेकोसमेत उहाँले बताउनुभयो ।

सोही ठाउँका अर्का लजिम पुनले पनि आफूले उत्पादन गरेको स्याउ प्रतिकेजी रु ३० मा बेच्ने गरेको बताउनुभयो । जैविक स्याउ उत्पादन गर्ने गरेको तर, भौगोलिक विकटताका कारण बजारसम्म पु¥याउन नसक्दा आफूहरुले लाभ लिन नसकेको उहाँको भनाइ छ । सोही ठाउँका अर्का किसान हर्कबहादुर कामीले भन्नुभयो, “यातायातको सुविधा छैन, घोडामार्फत ढुवानी गर्दा स्याउ बिग्रने र महङ्गो पर्न जान्छ ।” उत्पादनलाई भण्डारण गरौँ भने पनि शीतभण्डारको व्यवस्था नभएको उहाँले बताउनुभयो ।

भूमे गाउँपालिका–१ लुकुमको मैजाकुङस्थित तीर्थबहादुर पुनको बारीमा लगाएको एउटा स्याउको बोटमा दुई सयभन्दा बढी स्याउका दाना फलेका छन् । उहाँको बारीमा ३३० वटा स्याउको बिरुवा छन् । उहाँको घरमाथिसम्म सडक पुगेको छ । वर्षाका कारण अवरुद्ध भएको सडक नखुल्दा स्याउ घरमै थुप्रिएको उहाँले बताउनुभयो ।

अब छिट्टै सडक सुचारु नभए स्याउ कुहिएर जाने चिन्ताले उहाँलाई सताइरहेको छ । यतिबेला रुकुमपूर्वका स्याउ किसानले आफूकहाँ आएका पाहुनालाई डोकाभरि स्याउ दिएर फर्काउने गरेका छन् । उनीहरु भन्छन्, “स्याउ कुहिएर जानुभन्दा आफन्तलाई कोसेली दिएर पठाउने गरेका छौँ ।”

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको पेल्मा, घुइवाङ, रल्तिजाङ, हुकाम, मयाङलगायतको क्षेत्र र भूमे गाउँपालिकाको लुकुम, गुणाम, काँक्री, कोर्जालगायतको क्षेत्र स्याउ फल्ने ठाउँ हुन् । रुकुमपूर्वको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न ठाउँका नागरिकले जुम्ला, रोल्पाबाट स्याउका बोट लिएर रोपेका हुन् । पछिल्लो चरणमा भने स्थानीयस्तरमै स्याउका बिरुवा उत्पादन गर्न थालिएको छ ।

अहिले पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न क्षेत्रका मानिसले दुई सयदेखि एक हजारसम्म स्याउका बोट लगाएका छन् । लगाएको छोटो समयमै स्याउको बोटले राम्रो फल दिन थालेपछि खुशी भएका किसान यतिबेला स्याउले बजार नपाउदा दुःखी बनेका छन् ।

अहिले जिल्लामा कति स्याउ उत्पादन हुन्छ भन्ने कुराको यकिन तथ्याङ्क भने छैन । गाउँपालिकामा कति स्याउ उत्पादन हुन्छ भन्ने कुरा पत्ता लगाउन पुथा उत्तरगङ्गा गाउँपालिकाले कृषि प्राविधिक खटाएको बताएको छ । गाउँपालिकाका कृषि प्राविधिक सन्तोष ओलीले स्याउ उत्पादन हुने क्षेत्रमा पुगेर गाउँपालिकाभरि कति स्याउ उत्पादन हुन्छ भनेर तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो ।

त्यसैगरी पुथा उत्तरगङ्गा गाउँपालिकामा कृषि उपज सङ्कलन केन्द्र निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारले रु आठ÷आठ गरी १६ लाख बजेट छुट्याएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाथोकीले जानकारी दिनुभयो । भूमे गाउँपालिकाले भने भूमेलाई कृषि जैविक गाउँपालिका बनाउने लक्ष्यका साथ कृषिलाई प्राथमिकता दिएर अगाडि बढेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो ।

जिल्लामा बिरुवा उत्पादन, खेती गर्ने तरिका र यस क्षेत्रको भौगोलिक अध्यनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने किसानको माग छ ।