१ असार २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बगाएर एक बेपत्ता



अ+ अ-

झापा । झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्की खोलाले बगाउँदा बेपत्ता भएका छन् ।

आज १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

गत साउनमा हडिया खोलाले नै बगाएर बेपत्ता बनाएका मेचीनगर–१४ का सुफल हस्दासमेत अझैसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।