२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन



अ+ अ-

काठमाडाैँ । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ७४ करोड बढी राजस्व सङ्कलन भएको हो । कार्यालयले अघिल्लो आवमा रु २५ अर्ब नौ करोड सात लाख राजस्व सङ्कलन गरेको थियो । गत वर्ष राजस्व बढे पनि लक्ष्य भने पुग्न सकेको छैन ।

कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार गत वर्ष आन्तरिक राजस्व बिभागले रु ३१ अर्ब पाँच करोड लक्ष्य दिएको थियो । अघिल्लो आवमा लक्ष्य रु २६ अर्ब ६० करोड रहेको थियो । गत वर्ष यहाँको एउटा मदिरा उद्योग बन्द हुँदा ठूलो राजस्व गुमेको छ । सो उद्योगले अघिल्लो आवमा रु एक अर्ब राजस्व भुक्तानी गरेको थियो ।

खड्काका अनुसार गत वर्ष मदिराजन्य वस्तुको अन्तःशुल्क नबढेको, कतिपय प्लास्टिकका बोतललगायतमा अन्तःशुल्क हटेको, बढी अन्तःशुल्क तिर्ने कोकाकोलाको खपत घटेकोलगायतका कारणले राजस्वको लक्ष्यमा पुग्न नसकेको हो । त्यसैगरी, पूर्ण कर परीक्षणका विषयमा सरकारले नरम नीति लिएर भदौ २३ अघि पत्र जारी भएका र चार वर्ष म्याद पुगेकाको मात्र परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । अन्यको हकमा हालका लागि स्थगित गरिएको थियो ।

हरेक वर्ष कर छुट पाइन्छ भन्ने मानसिकताका कारण पनि समयमा बक्यौता नतिर्दा राजस्व सङ्कलनमा कमी भएको उहाँले बताउनुभयो । कार्यालयले अग्रिम करकट्टी ४९ वटा करदाताको गरेको, १९७ वटा बजार अनुगमन गरेको, २४ वटा करदाता शिक्षा कार्यक्रम गरेको थियो । करदाता शिक्षाले मूल्य अभिवृद्धि करतर्फ रु ५६ करोड ५० लाख बक्यौता सङ्कलन भएको थियो । जुन लक्ष्यको १९८ प्रतिशत हो । आयकर भने रु पाँच करोड ४१ लाखमात्र सङ्कलन भयो । यो १३ प्रतिशतमात्र हो ।

रु ४१ करोड बक्यौता आयात करमा उठाउने लक्ष्य कार्यालयको थियो । रु २१ करोड ४५ लाख बेरुजु फछ्र्याेट गरिएको उहाँले जानकारी दिनुभयो । कार्यालयमा हाल ७४ हजार करदाता रहेका छन् । कार्यालयबाहेक जिल्लाका छ पालिकामा पनि करदाता सेवा दिने गरिएको छ । भरतपुर महानगरपालिकाबाहेकका पालिकाहरूले पान नम्बर वितरण, विवरण संशोधन, दर्ता खारेजी निवेदन, मूल्य अभिवृद्धि करको निवेदन दर्तालगायतका राजस्व सङ्कलनसँग सम्बन्धित काम गर्दछन् ।