१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन प्रकरणमा मुछिएका कृष्ण यादव प्रदेश नं २ को सभापतिमा देउवाको उम्मेदवार !



अ+ अ-

काठमाडौं । १४ बर्षअघि काठमाडौंको महाराजगञ्ज नजिकैको एक घरमा यौन क्रियाकलापमा सग्लन भै रहेका बेला  रंगेहात पक्राउ परेका कृष्ण यादव प्रदेश नं २ को सभापतिका लागि उम्मेदवारी दिने  तयारीमा छन् । 

२०६५ फागनु २० गते महाराजगञ्जस्थित कान्तिबाल अस्पताल पछाडि अवैध रुपमा संचालित बेश्यालयबाट रंगेहात पक्राउ परेको यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन्। रौतहट क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार भएका यादव सहित ३३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

चारित्रिक हिसाबले बिबादास्पद उनै यादवलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश नं २ को सभापतिमा उठाउने प्रयास गरेका छन्। अर्कातिर, नेता विमलेन्द्र निधिको समर्थनमा प्रदेश नं २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई उम्मेदवार बनेका छन्। सभापति देउवाले बिबादास्पद छवीका कृष्ण यादवलाई उम्मेदवार बनाउने प्रयास गरेपछि प्रदेश नं २ का देउवा समर्थकहरु समेत उनको बिरुद्ध लागेका छन्। 

प्रदेश राजधानी जनकपुरधाममा यतिबेला चरित्रहीन कृष्ण यादब हराऔं भन्ने अभियान नै चलेको छ। चरित्रहीन व्यक्तिलाई उम्मेदवार बनाएमा आफूले समर्थन गर्न नसक्ने देउवा निकट रौतहट कांग्रेसका नेताहरुले बताएका छन्। 

स्मरणीय छ, पक्राउ गरेको २ दिनपछि नेपाली कांग्रेसका नेताहरुको आग्रहमा तत्कालीन गृहमन्त्री बामदेव गौतमको निर्देशनमा यादव छुटेका थिए। रौतहटको बरियापुरमा जन्मेका यादव बिबाहित हुन्। उनका ३ छोराछोरी छन्।