५ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदका स्वकीय सचिवको दरबन्दी र सुविधा परिमार्जन, सभामुखले तीन जना राख्न पाउने



अ+ अ-

काठमाडौं । सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यका स्वकीय सचिवालयमा रहने कर्मचारीको दरबन्दी र सेवा–सुविधा पुनः परिमार्जन गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले २०८३ साउन ४ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै स्वकीय सचिवसम्बन्धी नयाँ व्यवस्था लागू गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३’ को अनुसूची–२ मा रहेको स्वकीय सचिवसम्बन्धी व्यवस्थामा संशोधन गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार सभामुख र राष्ट्रिय सभाका अध्यक्षले तीन–तीन जना स्वकीय सचिव राख्न पाउनेछन् । उनीहरूले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव सरह) का एक जना प्रमुख स्वकीय सचिव, राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव सरह) का एक जना र राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) का एक जना स्वकीय सचिव राख्न सक्नेछन् ।

प्रतिनिधि सभाका विपक्षी दलका नेता, उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष तथा विपक्षी दलका नेता, सत्ता पक्षका नेता र सत्ता पक्षका मुख्य सचेतकले उपसचिव सरहका एक–एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, विपक्षी दलका प्रमुख सचेतक, सत्ता पक्षका प्रमुख सचेतक तथा सचेतक, संसदीय समितिका सभापति, दलका प्रमुख सचेतक र विपक्षी दलका सचेतकका लागि पनि उपसचिव सरहका एक–एक जना स्वकीय सचिवको व्यवस्था गरिएको छ ।

संसद्का अन्य प्रत्येक सदस्यले भने शाखा अधिकृत सरहको एक जना स्वकीय सचिव राख्न पाउनेछन् ।

नयाँ प्रावधानअनुसार स्वकीय सचिवालयमा नियुक्त कर्मचारीले सम्बन्धित श्रेणी वा तहको सुरु तलब स्केलअनुसार पारिश्रमिक पाउनेछन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्षका प्रमुख स्वकीय सचिवले मात्र राजपत्राङ्कित प्रथम श्रेणीका सरकारी कर्मचारीसरह सवारी साधन तथा इन्धन सुविधा पाउनेछन् ।

स्वकीय सचिवालयका कर्मचारीलाई उपलब्ध गराइने पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धित कर्मचारीकै बैंक खातामा सिधै भुक्तानी गरिने व्यवस्था पनि गरिएको छ । स्वकीय सचिवका रूपमा नियुक्त हुन सम्बन्धित श्रेणी वा तहका सरकारी कर्मचारीका लागि प्रचलित कानूनले तोकेको न्यूनतम योग्यता पूरा गर्नुपर्नेछ ।

यसअघि जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यका स्वकीय सचिवको दरबन्दी र सेवा–सुविधा खारेज गरेको थियो । पछिल्लो राजपत्र सूचनासँगै सरकारले ती व्यवस्था पुनः परिमार्जित स्वरूपमा अघि बढाएको हो।




भर्खरै