१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको महाधिवेशन: महिला आरक्षण कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला आरक्षण कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

सोमबार साँझ सकिएको मतगणना अनुसार डिला संग्रौला पन्तले सबैभन्दा धेरै २८८५ मत प्राप्त गर्नुभएको छ । यसैगरी पुष्पा भुसालले २७१८, आरजु राणा देउवाले २५३६, अम्बिका बस्नेतले २३३९, ईश्वरी न्यौपानेले २२५९ मत ल्याएर बिजयी हुनु भएको छ ।

यसैगरी   सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित हुनु भएको छ ।