१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

दुर्गा मूर्ति बनाउन भ्याइनभ्याइ

दुर्गा मूर्ति बनाउन भ्याइनभ्याइ
अ अ+ अ-

बाँके । दशैँ नजिकिँदैछ, बजारमा किनमेलका लागि ग्राहकको भीड बढिरहेको छ । दशैँमा मासुका लागि सर्वसाधारणले खसीबोकाको खोजी पनि उत्तिकै गरिरहेकै छन् । नेपालगञ्जमा पूजाआजाका लागि नवदुर्गाको मूर्ति स्थापनाको तयारी उस्तै छ । घटस्थापनादेखि चोकचोकमा दुर्गामूर्ति स्थापना गरी नवदुर्गा अवधिभर पूजाआजा गर्ने गरिन्छ ।

जिल्लाका बजार तथा ग्रामीण क्षेत्रका चोकचोक र टोलटोलमा दुर्गा मूर्ति स्थापना गर्ने परम्परा छ । त्यसका लागि एक/डेढ महीना अगावैदेखि दुर्गा मूर्ति बनाउन शुरु गरिन्छ । बाँकेलगायत आसपासका जिल्लामा स्थापना गरिने सबै दुर्गा मूर्ति भारतबाट आयात गरिन्थ्ये । तर, पछिल्ला केही वर्षदेखि नेपालगञ्जमा पनि दुर्गा मूर्ति बनाउन थालिएको छ ।

नेपालगञ्ज त्रिवेणीमोडमा अङ्कित मिश्रलाई अहिले दुर्गा मूर्ति बनाउन भ्याइनभ्याइ छ । एउटा दुर्गा मूर्तिको सेट तयार गर्न १० देखि १५ दिनसम्म लाग्ने उहाँले बताउनुभयो । आफ्ना सहयोगी लिएर १८ मूर्तिका सेट तयार गरिरहेको उहाँले जानकारी दिनुभयो । “घटस्थापना अघिसम्म सबै मूर्ति तयार गरिसक्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “घटस्थापनाको एक महीनाअघिदेखि मूर्ति निर्माण शुरु हुन्छ, अर्डरअनुसार वा बिक्रीका लागि तयार गर्ने गरेका छौँ ।”

अङ्कितले बाँके मात्रै नभएर सुर्खेत, दाङ र काठमाडौँसम्म मूर्ति बनाएर पठाउने गरेको बताउनुभयो । एउटा दुर्गा मूर्तिको सेट १५ हजारभन्दा बढीमा बिक्री हुन्छ । जति ठूलो र धेरै देवीदेवताको मूर्ति बनायो त्यति बढी रकम लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । यस वर्षका लागि उहाँले गत वर्ष १८ मूर्तिका सेट निर्माण गरेको जानकारी दिनुभयो ।

“मूर्ति खरीदमै लाखौँ रकम भारत गइरहेको देखेपछि मूर्ति बनाउन शुरु गरेको हुँ”, अङ्कितले भन्नुभयो, “यसले आम्दानीभन्दा सन्तुष्टि प्राप्त हुन्छ ।” उसो त अङ्कित सानैदेखि मूर्ति बनाउनुहुन्थ्यो । प्रत्येक वर्ष उहाँले पाउने मूर्तिको माग थपिँदै गएको छ । उहाँले दशैँको समयबाहेक अन्य बेला शाकाहारी नास्ता पसल चलाउँदै आउनुभएको छ । घटस्थापनामा जिल्लामा मात्रै २५० दुर्गा मूर्ति स्थापना गरिने अनुमान छ ।

लखेरन टोलका विनयकुमार पनि दुर्गा मूर्ति बनाउनुहुन्छ । उहाँले मूर्ति बनाउन शुरु गरेको ३० वर्ष भइसकेको बताउनुभयो । “पर्वका बेलाबाहेक पनि मागअनुसार मूर्ति बनाउने गरेको छु”, उहाँ भन्नुहुन्छ । यस वर्ष विनयले १५ दुर्गाका मूर्ति सेट निर्माणको माग आएको बताउनुभयो । उहाँ सबै मूर्ति समयमै तयार गर्न दिनरात मिहेनत गरिरहेको बताउनुहुन्छ । सिद्धार्थ लेखर विद्यार्थी हुनुहुन्छ, उहाँलाई पनि मूर्ति बनाउन रहर लान्छ । सिद्धार्थ पनि मूर्ति बनाउने कला सिक्न विनयसँगै बसिरहनुभएको छ ।

माटो, सुतरीको डोरी, बाँस, भुसलगायतको प्रयोग गरी मूर्ति बनाउने गरिन्छ । मूर्तिमा सजाउने वस्तुभने कलाकारले भारतबाट ल्याउने गरेका छन् । मूर्ति बनाउने काम अङ्कितले दशैँमा मात्र गर्नुहुन्छ भने विनयको प्रमुख पेशा मूर्ति बनाउने र सजावटका सामान बनाउने हो । “दुर्गा मूर्ति बनाउनु रहर हो, धार्मिककार्य भएकाले पैसा कमाउनेभन्दा पनि सन्तोष मिल्छ”, विनयले भन्नुभयो ।