१४ आश्विन २०८१, सोमबार
,
Latest
एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा मूर्ति बनाउन भ्याइनभ्याइ



अ+ अ-

बाँके । दशैँ नजिकिँदैछ, बजारमा किनमेलका लागि ग्राहकको भीड बढिरहेको छ । दशैँमा मासुका लागि सर्वसाधारणले खसीबोकाको खोजी पनि उत्तिकै गरिरहेकै छन् । नेपालगञ्जमा पूजाआजाका लागि नवदुर्गाको मूर्ति स्थापनाको तयारी उस्तै छ । घटस्थापनादेखि चोकचोकमा दुर्गामूर्ति स्थापना गरी नवदुर्गा अवधिभर पूजाआजा गर्ने गरिन्छ ।

जिल्लाका बजार तथा ग्रामीण क्षेत्रका चोकचोक र टोलटोलमा दुर्गा मूर्ति स्थापना गर्ने परम्परा छ । त्यसका लागि एक/डेढ महीना अगावैदेखि दुर्गा मूर्ति बनाउन शुरु गरिन्छ । बाँकेलगायत आसपासका जिल्लामा स्थापना गरिने सबै दुर्गा मूर्ति भारतबाट आयात गरिन्थ्ये । तर, पछिल्ला केही वर्षदेखि नेपालगञ्जमा पनि दुर्गा मूर्ति बनाउन थालिएको छ ।

नेपालगञ्ज त्रिवेणीमोडमा अङ्कित मिश्रलाई अहिले दुर्गा मूर्ति बनाउन भ्याइनभ्याइ छ । एउटा दुर्गा मूर्तिको सेट तयार गर्न १० देखि १५ दिनसम्म लाग्ने उहाँले बताउनुभयो । आफ्ना सहयोगी लिएर १८ मूर्तिका सेट तयार गरिरहेको उहाँले जानकारी दिनुभयो । “घटस्थापना अघिसम्म सबै मूर्ति तयार गरिसक्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “घटस्थापनाको एक महीनाअघिदेखि मूर्ति निर्माण शुरु हुन्छ, अर्डरअनुसार वा बिक्रीका लागि तयार गर्ने गरेका छौँ ।”

अङ्कितले बाँके मात्रै नभएर सुर्खेत, दाङ र काठमाडौँसम्म मूर्ति बनाएर पठाउने गरेको बताउनुभयो । एउटा दुर्गा मूर्तिको सेट १५ हजारभन्दा बढीमा बिक्री हुन्छ । जति ठूलो र धेरै देवीदेवताको मूर्ति बनायो त्यति बढी रकम लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । यस वर्षका लागि उहाँले गत वर्ष १८ मूर्तिका सेट निर्माण गरेको जानकारी दिनुभयो ।

“मूर्ति खरीदमै लाखौँ रकम भारत गइरहेको देखेपछि मूर्ति बनाउन शुरु गरेको हुँ”, अङ्कितले भन्नुभयो, “यसले आम्दानीभन्दा सन्तुष्टि प्राप्त हुन्छ ।” उसो त अङ्कित सानैदेखि मूर्ति बनाउनुहुन्थ्यो । प्रत्येक वर्ष उहाँले पाउने मूर्तिको माग थपिँदै गएको छ । उहाँले दशैँको समयबाहेक अन्य बेला शाकाहारी नास्ता पसल चलाउँदै आउनुभएको छ । घटस्थापनामा जिल्लामा मात्रै २५० दुर्गा मूर्ति स्थापना गरिने अनुमान छ ।

लखेरन टोलका विनयकुमार पनि दुर्गा मूर्ति बनाउनुहुन्छ । उहाँले मूर्ति बनाउन शुरु गरेको ३० वर्ष भइसकेको बताउनुभयो । “पर्वका बेलाबाहेक पनि मागअनुसार मूर्ति बनाउने गरेको छु”, उहाँ भन्नुहुन्छ । यस वर्ष विनयले १५ दुर्गाका मूर्ति सेट निर्माणको माग आएको बताउनुभयो । उहाँ सबै मूर्ति समयमै तयार गर्न दिनरात मिहेनत गरिरहेको बताउनुहुन्छ । सिद्धार्थ लेखर विद्यार्थी हुनुहुन्छ, उहाँलाई पनि मूर्ति बनाउन रहर लान्छ । सिद्धार्थ पनि मूर्ति बनाउने कला सिक्न विनयसँगै बसिरहनुभएको छ ।

माटो, सुतरीको डोरी, बाँस, भुसलगायतको प्रयोग गरी मूर्ति बनाउने गरिन्छ । मूर्तिमा सजाउने वस्तुभने कलाकारले भारतबाट ल्याउने गरेका छन् । मूर्ति बनाउने काम अङ्कितले दशैँमा मात्र गर्नुहुन्छ भने विनयको प्रमुख पेशा मूर्ति बनाउने र सजावटका सामान बनाउने हो । “दुर्गा मूर्ति बनाउनु रहर हो, धार्मिककार्य भएकाले पैसा कमाउनेभन्दा पनि सन्तोष मिल्छ”, विनयले भन्नुभयो ।