१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली

सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट पीडितहरुको उद्धार, राहत र पुनर्निर्माणको कामलाई सरकारले अझै प्रभावकारी ढंगले अघि बढाउने बताउनुभएको छ ।

सोमवार संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिएर सोमवार अपरान्ह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकारले आफ्नो बुँताअनुसार उद्धार र राहतको काम गरेको उल्लेख गर्दै त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले सरकारले उद्धार र राहतको काम गर्दागर्दै पनि विरोधका लागि विरोध गर्ने परिपार्टी राम्रो नभएको पनि बताउनु भयो । उहाँले विपद् जस्तो संवेदनशील बेलामा सबैले मिलेर यथार्थपरक ढंगले चल्नु वाञ्छनीय हुने बताउनु भयो । आफूले बाहिर बसेर पनि सो विपद्को सामना गर्नका लागि सम्बन्धित पक्ष र निकायलाई निर्देशन दिने काम गरेको र सरकारले पनि सोही अनुसार काम गरेको प्रधानमन्त्री ओलीको दाबी थियो ।

बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा सरकारले तत्काल मिटिङ बसेर उद्धार र राहतका लागि सेना, प्रहरी परिचालन गरेको पनि स्मरण समेत उहाँले गराउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बिरोधका लागि विरोध होला । सरकारले गर्नेसम्मको प्रयास तत्काल मिटिङहरु बसेर तत्काल सेना, प्रहरी खटेर उद्धार कार्यहरु गरेको छ । अब बाढी आउने कुरालाई त रोक्न सकिँदैन्थ्यो । उद्धार गर्ने कुरा हो, राहत पुर्याउने कुरा हो । र पहिरो जाने कुरा पनि पूर्वसूचना गरेर जाँदैन ।

पहिरो गएपछि क्षति पुर्याउने नै भयो । त्यसमा सरकारले तदारुपताका साथ उद्धार कार्य र राहत कार्य पुर्याउने हो । त्यो काम पुर्याएको छ भन्ने मलाई लाग्छ । मैले बाहिरै हुँदाखेरी पनि यस विषयमा जानकारी लिइराखेको छु । र आफ्नो मातहतका साथीभाईहरुलाई पनि, निकायहरुलाई पनि निर्देश गरिराखेको छु । र, मैले पाएको जानकारी अनुसार सरकारले आफ्नो बुता अनुसार गरेको छ ।

अब विरोधका लागि विरोध गर्ने परिपार्टी होइन, यस्तो संवेदनशील बेलामा हामीले सबै मिलेर यथार्थपरक ढंगले चल्नु वाञ्छनीय हुन्छ नकि बिरोध गर्नका लागि बिरोध गर्ने खालको जस्तो स्थिति त्यो राम्रो हुँदैन भन्ने लाग्छ मलाई । अब अझ प्रभावकारी ढंगले उद्धारका कामहरु, राहतका कामहरु, पुनर्निर्माणका कामहरु अगाडि बढ्छन् ।’

प्रधानमन्त्री ओलीले आफूले महासभामा भाग लिने क्रममा भारतीय समकक्षी मोदीसँग भेटेको र द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको पनि बताउनु भयो । त्यसैगरी जलवायु परिवर्तन लगायतका विश्वस्तरीय समस्या विश्वका सबै राष्ट्रहरु मिलेर समाधान गर्नुपर्ने कुरा पनि राखेको प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले जलवायु परिवर्तनको असर निम्त्याउने राष्ट्रहरुले क्षतिपूर्तिका लागि बढी लगानी गर्नुपर्ने कुरालाई पनि आफूले सो महासभामा जोड दिएको राखेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो‘हाम्रा विचारहरु, हाम्रा समस्याहरु त्यहाँ राख्न गएको हो । राखियो । त्यसै गरेर अब यी समस्याहरु एउटा देशका मात्रै समस्या होइनन् । यी ग्लोवल समस्या भएकाले सबै मिलेर समाधान गर्नुपर्छ भन्नेकुरा भयो । त्यसरी नै अल्पविकसित देशहरुले बढी भोग्नुपरेको क्षति र मार जुन छ ।

यो क्षति पुर्याउने कुरामा, यो परिस्थिति ल्याउने कुरामा त्यति हात नभएपनि बढी मार सहनुपरेको छ । त्यसमा अलि बढी विश्व समुदायको ध्यान जानुपर्छ । र जसले बढी बिगारेको छ, उसले क्षतिपूर्ति व्यहोर्नुपर्छ । र जसले बिगारेको छ, त्यसले सपार्ने काममा पनि बढी लगानी गर्नुपर्छ भन्ने कुराहरु पनि राखिएको छ । ’

त्यस अवसरमा परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले प्रधानमन्त्री ओलीले महासभामा भाग लिने क्रममा गर्नुभएको राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको भेटलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।