२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै



अ+ अ-

काठमाडाैँ । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै थप आपूर्ति पनि हुने बताएको छ ।

आर्थिक वर्षमा १६ हजार ८४० दशमलव ३७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाउँदै कम्पनीले हाल ५५ दशमलव ६०० मेट्रिक टन युरिया, २१९ दशमलव ६५० मेट्रिक टन डीएपी, ८६ दशमलव ६५० मेट्रिक टन पोटास र ७८ दशमलव ७७५ मेट्रिक टन कृषि चुन मौज्दात रहेको बताएको छ ।

कार्यालय प्रमुख चेवन खड्काका अनुसार मलको नियमित आपूर्तिलाई व्यवस्थित बनाइएको छ । कृषि उत्पादन वृद्धि गर्न किसानलाई समयमै मल र अन्य कृषि सामग्रीको अभाव नहुने उहाँले राससलाई बताउनुभयो ।