२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति



अ+ अ-

झापा।  झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने रु २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लामा ३५९ वटा विपद्का घटना अभिलेख भएका थिए । ती घटनामा ३७ जना घाइते भएका थिए ।

उक्त अवधिमा १५६ वटा आगलागीका घटना भएका, जङ्गली हात्ती र वन्यजन्तुको आक्रमणका ९४, हुरीका ५२, बाढी तथा डुबानका ३५ र चट्याङका २२ वटा घटना थिए ।

विपद्का कारण आगलागीमा दुई जना, जङ्गली जनावरको आक्रमणबाट छ जना, हुरीमा एक जना र चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

प्राकृतिक विपद्का विभिन्न घटनामा आठ हजार नौ सय १४ वटा चौपाया तथा पशुपन्छी मरेभने हुरीबाट तीन हजार २० र आगलागीबाट पाँच हजार ६६२ पशुपन्छी हताहत भएका थिए ।

आगलागीबाट रु १५ करोड २२ लाखभन्दा बढी र बाढी तथा डुबानबाट रु छ करोड ३४ लाख बराबरको क्षति भएको सूचना अधिकारी अवाले बताउनुभयो । रासस