२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन



अ+ अ-

नेपालगञ्ज। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२÷८३ मा रु २० अर्ब ११ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलका अनुसार यो राजस्व अघिल्लो आवको तुलना गत आवमा रु १६ करोड ४५ लाख कम राजस्व सङ्कलन भएको हो ।

“राजस्व सङ्कलन अघिल्लो आवको तुलनामा गत आवमा केही घटेको छ, तर अपेक्षाभन्दा कम घटेको छ”, उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको आयातमा आएको कमी, भारतले चिनी निकासीमा लगाएको प्रतिबन्धलगायतका कारणले राजस्व कम भएको हो ।”

कार्यालयका अनुसार आव २०८१÷८२ मा रु २० अर्ब २८ करोड ५१ लाख ८१ हजार राजस्व सङ्कलन भएकामा आव २०८०÷८१ मा रु १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन भएको थियो ।

नेपालगञ्ज भन्सार कार्यालयबाट इन्धन, ट्रेक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयात बढी हुने गरेको छ । साथै जडीबुटीलगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ ।