२ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर जिल्ला अदालत: मुद्दा फर्छ्यौटमा सुधार



अ+ अ-

महेन्द्रनगर। कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा ६९.३४ मुद्दा फर्छ्यौट गरेकोे छ ।

अदालतले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मुद्दा फर्छ्यौटमा उल्लेखनीय सुधार गरेको तथ्याङ्कले देखाएको छ ।

शुक्रबार सञ्चारकर्मीसितको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायधीश राजेन्द्र भण्डारीले लक्ष्यको १०८ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको जानकारी दिनुभयो ।

उहाँले अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६८८ मुद्दा र नयाँँ दर्ता भएका एक हजार ५२० मुद्दा गरी दुई हजार २०८ मुद्दा दर्ता रहेका थिए ।

यसमा एक हजार ४११ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेकोमा एक हजार ५२४ वटा मुद्दा फछ्र्यौट भएको जानकारी दिनुभयो । “६९.३४ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ ।” उहाँले भन्नुभयो, “६८४ मुद्दा फछ्र्यौट हुन बाँकी छ ।”

त्यसैगरी अदालतको तथ्याङ्कअनुसार जरिवाना असुलीतर्फ कुल ३० करोड १४ लाख ९७ हजार ३३२ रुपैयाँमध्ये पाँच करोड १३ लाख ५१ हजार ९०७ रुपैयाँ असुल भएको छ । रु २५ करोड एक लाख ४५ हजार ४०५ रुपैयाँ अझैँ सङ्कलन गर्न बाँकी रहेको छ ।

“पछिल्लो समय मुद्दा दर्ताको सङ्ख्या बढी छ त्यसअनुसार स्रोत साधन नहुँदा समस्या भएको छ ।” न्यायधीश भण्डारीले भन्नुभयो, “हाल दुई वटा ईजलास रहेको एउटा इजलास थप गर्न सकिए मुद्दा समयमै फछ्र्यौट हुन्छन ।” उहाँले केही मुद्दाको प्रमाण समयमा नआउँदा फछ्र्यौटमा ढिलाइ हुने गरेको जानकारी दिनुभयो ।

अदालतले फैसला कार्यान्वयन फरार प्रतिवादी खोजी तथा जरिवाना र क्षतिपूर्ति असुली प्रक्रियालाई तीव्र बनाएपनि लक्ष्य अनुसारको काम हुन नसकेको जनाएको छ । मुद्दा फछ्र्यौटमा उल्लेखनीय सुधार भएपछि अदालत कर्मचारी एवं प्रहरी कर्मचारी सम्भावित भएका छन् । रासस