२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपसी झगडा हुँदा एकको मृत्यु



अ+ अ-

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेलेका अनुसार झगडा हुँदा दुर्गादत्त घाइते हुनुभएकाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको हो ।

टोपबहादुरलाई राति १ बजे रुरु गाउँपालिकाको रिडीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । ढकाल र सार्कीबीच यसभन्दा पहिले पनि आपसी मनमुटाव हुँदै आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।