२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने



अ+ अ-

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको विद्युतीय पुर्वाधारमा चुनौती विषयक कार्यक्रममा श्रेष्ठले विद्युत प्रशारण लाईन निर्माणका लागि आगामी पाँच वर्षमा ४१ अर्ब लगानी आवश्यक रहेको बताएका हुन् ।

९८ प्रतिशत घर धुरीमा विद्युत वितरण पुगेको बताउँदै उनले हाल ५९ लाख १६ हजारभन्दा बढी ग्राहक रहेको बताए ।
हाल मुआब्जा वितरण, जग्गा प्राप्ती लगायतका विषयमा समस्या रहेको उनको भनाइ छ ।

जलविद्युत उत्पादन मात्र प्रयाप्त नभएको बताउँदै सुदृढ, भरपर्दो, र आधुनिक प्रशारण प्रणाली नै नेपालको उर्जाको सुरक्षा, आर्थिक रुपान्तरण र समृद्धिको आधार भएको बताए ।
हाल ४ हजार १३० मेगावाट विद्युत उत्पादन भइरहेको उनको भनाइ छ । सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावट पु¥याइने लक्ष्य लिइएको छ । ५ वर्षे रणनीति अनुसार अल्पकालिन रणनीतिमा अवरोध हटाउने, मध्यकालीन रणनीतिमा संरचनात्मक सुधार गर्ने र दीर्घकालिन रणनीतिमा ४०० केभी ब्याकबोन र स्मार्ट ग्रिड बनाउने रहेको छ ।

नेपालको जलविद्युत क्षमताको वास्तविक आर्थिक प्रतिफल मात्र प्रयाप्त नहुने बताउँदै त्यसका लागि ४०० केभी प्रसारण सञ्जाललाई विना कुनै प्राविधक सम्झौता सञ्चालन गर्न सकिने बताए ।

आगामी कदमको रुपमा विभिन्न खालका अवरोधहरु हटाउँदै
ऐन, मापदण्ड लागू गर्दै, दक्ष संस्थागत प्रणालीको निर्माण गरेर मात्रै उर्जाको रक्तसञ्चारलाई निर्वाध प्रवाह गर्न सक्षम हुने उनको भनाइ छ ।