७ असार २०८३, आईतवार
,
Latest
रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

“भ्रामक समाचार सम्प्रेषण गर्दा के हुन्छ, अब विचार पुर्याउनुहोला”



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाचार सनसनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गरिएकामा रोष प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, “समाचार सन्सनी बनाउने नाममा तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्ति हटेको छैन, यसमा विशेष ध्यान पु¥याउनुहोला ।” आफूले सत्यतथ्यमा आधारित सकारात्मक समाचारको अपेक्षा गरेको उहाँले बताउनुभयो । मन्त्री बाँस्कोटाले केही समयअघि रुपन्देहीबाट अर्घखाँची जाँदैगर्दा उपप्रमुखको गाडीमा आएर मयुर ठोक्किएको प्रसङ्ग निकाल्दै त्यस विषयलाई सन्सनीपूर्ण बनाउन ‘भ्रामक’ समाचार सम्प्रेषण गरेको उल्लेख गर्नुभयो ।
“भ्रामक समाचार सम्प्रेषण गर्दा के हुन्छ, अब विचार पुर्याउनुहोला” उहाँले भन्नुभयो । गलत अर्थ दिने समाचार शीर्षक नबनाउन र जनताले विश्वास गर्नेगरी पत्रकारिता गर्न सञ्चारकर्मीलाई उहाँले सुझाव दिनुभयो । मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासङ्घको माग सञ्चार मन्त्रालयले पूरा गरिरहेको उल्लेख गर्दै ‘मिडिया हाउस’ले न्यूनतम पारिश्रमिक दिए नदिएकाबारे पत्रकार महासङ्घले अनुगमन थालेकामा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “अब नजिकिएको चाडपर्व दशैँमा पनि श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने मिडिया हाउसमा गएर धर्ना बस्नुस् अनि म महासङ्घलाई स्याबासी दिउँला ।” महासंङ्घले आफ्ना श्रमिजीवीको अवस्थाप्रति कडा अनुगमनमा लाग्नुपर्नेमा सरकारलाई ख्याउँख्याउँ मात्रै गरेको उहाँको आरोप थियो । उहाँले आम सञ्चार विषयक पास भएपछि मात्रै सञ्चार प्रतिष्ठान बन्ने स्थानको निक्र्यौल हुने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले आजै पाँचखाल नगरपालिका–१२ देवभूमि वालुवास्थित आजाद माध्यमिक विद्यालयको अभिभावक भेला एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनता स्वतन्त्र भइसकेका उल्लेख गर्दै सरकारले गरीबी निवारण गर्न रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याएको बताउनुभयो ।

यसैगरी आजै उहाँले खानीखोला गाउँपालिकास्थित खुसी समाज युवा क्लबको पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार विरुद्ध सरकारसँगै जनता पनि लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ, प्रदेशसभा सदस्य चन्द्र लामा, गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले शुभकामना व्यक्त गर्नुभएको थियो ।




भर्खरै