३२ असार २०८३, बिहीबार
,
Latest
सेतीवेनीमा बढ्दै भारतीय पर्यटक परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा बादी समुदायका ८४ विद्यार्थीलाई एक वर्षको भर्ना शुल्क सहयोग रोजगारीको ग्यारेन्टी नहुने तालिम सञ्चालन नगर्न श्रममन्त्रीको निर्देशन, न्युनतम पारिश्रमिक वैज्ञानिक बनाइने भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी ठहर, साढे ८ वर्ष कैद र रु. १ करोड ५४… सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङदेनबीच समसामयिक राजनीतिक विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्रा



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका–३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्का र बूढानीलकण्ठ नगरपालिका पासीकोट बस्ने रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–८ घर भएका ४८ वर्षीय पूर्णबहादुर मल्ल पक्राउ परेका हुन् ।

वैदेशिक रोजगार न्यायाधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भएका खड्का फरार रहेको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका मल्ल बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । आवश्यक कारबाहीका लागि खड्कालाई वैदेशिक रोजगार विभाग र मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।